18 January 2018|   बिहिबार, माघ ४, २०७४

मुटु छाती बाहिर लिएर, जसले जन्म लिइन्

          |   प्रकाशित मितिः शुक्रबार, मंसिर २९, २०७४     9:33:29 AM  | 67 पटक पढिएको   |  

आफ्नो सन्तान हरहिसाबले स्वास्थय अवस्थामा जन्मिएको हेर्ने चाहना हरेक आमाबुबाको हुन्छ । तर, बेलाइती दम्पती नमी फिन्ड्ले र डीन विकिन्सलाई त्यो अवसर मिलेन । उनीहरु निरोगी बच्चा जन्मनेमा ढुक्क थिए । तर, सोचे जस्तो भएन । गर्भाधारणको १६ हप्ता पुग्दा बच्ची असाधारण अवस्थामा जीवन संघर्ष गरिरहेको थाहा पाए ।

चिकित्सकले बच्चीको मुुटु शरीरको बाहिरी भागमा रहेको र गर्भमा रहेका लाखौं बच्चामध्ये केहीमा मात्र यो समस्या देखिने जानकारी गराए। चिकित्सकले यो दम्पत्तीलाई गर्भपतन गराउन सल्लाह दिएको भए पनि उनीहरुले मानेका थिएनन् ।

यस्तै अश्वस्थ अवस्थामै तीन हप्ता अघि शिशुले बेलायतको ग्लिन फिल्ड हस्पिटलमा जन्म लिइन् । उनको नाम भ्यानेलोपीे राखियो । एक्टोपिया कोर्डिस नामक दुर्लभ अवस्थासँग संघर्ष गरिरहेकी भ्यानेलोपीको तीन पटक शल्यक्रिया पश्चात बाहिरै रहेको मुटु छाती भित्र राखिएको छ । लामो शल्यक्रियापछि उनको अवस्था सामान्य छ । यस्तो जटिल अवस्थाबाट बचेकी भ्यानेलोपीे बेलायतमा एकमात्र हुन सक्ने बताइएको छ । अस्पतालका अनुसार भविष्यमा उनको अझै एउटा अप्रेसन गर्नुपर्ने हुन्छ ।

भ्यानेलोपीे जन्मिदा विशेषज्ञ डाक्टरसहित करिब ५० जना स्वास्थ्यकर्मीको उपस्थिति थियो भने करिब ५० मिनेटपछि उनको मुटुको शल्यक्रिया भएको थियो । मुटुरोग विशेषज्ञ फ्रान्सिस बुलोकले भने, ‘सुरुमा बच्चीको अवस्था त्यती राम्रो थिएन, शल्यक्रियापछि उनी धेरै नै आशलाग्दी भएकी छिन् ।’ -एजेन्सी

Leave a comment

Your email address will not be published.


*