24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

सुरक्षा निकायको मात्रै भर नपरि आफै सुरक्षित हुन आग्रहः निर्वाचन आयोग

          |   प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४     9:37:51 AM  | 45 पटक पढिएको   |  

काठमाण्डौ – मंसिर १० र २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेद्वारहरु माथि आक्रमणका घटना बढेसँगै निर्वाचन अयोगले सुरक्षा चुनौती बढेको निष्कर्ष निकालेको छ । आयोगले सुरक्षा निकायहरु सँगको छलफलका क्रममा सुरक्षालाई चुस्त बनाउन निर्देशन दिएपनि उम्मेद्वारहरु माथि आक्रमण हुने क्रम नरोकिएपछि सुरक्षा चुनौती बढ्दै गएको निष्कर्ष निकालेको हो ।

मंगलवार बाम गठबन्धनका उम्मेद्वारहरु माथि भएको आक्रमण्को निन्दा गर्दै निर्वाचन आयोगले उम्मेदवारहरुलाई मात्र नभई मतदाताहरुमा समेत सुरक्षा चुनौती बढेको भन्दै सुरक्षित हुन आग्रह गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले सुरक्षा निकायको मात्रै भर नपरी मतदाता आफै पनि सुरक्षित र सचेत रहन आग्रह गरेका छन् ।

त्यसैगरि आयोगले सुरक्षाको विषयमा प्रधानमन्त्री देखि पुनः सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेर नयाँ सुरक्षा रणनीति तयार पार्ने समेत जनाएको छ । त्यसैगरि आयोगले चुनावी प्रचारप्रसारका क्रममा उम्मेद्वारहरुलाई संयम भएर चुनावी प्रचारप्रसार गर्न आग्रह समेत गरेको छ ।

Leave a comment

Your email address will not be published.


*