21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

नेताज्यूहरुलाई सोसल मिडियाबाट आफ्ना प्रश्न सोध्नुहोस्

          |   प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४     8:20:21 AM  | 29 पटक पढिएको   |  

काठमाडौं – अन्नपूर्ण मिडिया नेटवर्कले प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गरी सोसल मिडिया अभियान सुरु गरेको छ । मतदाता र उम्मेदवारहरू बीच अन्तक्र्रिया गराई दलका सम्बन्धित नेताहरूलाई जवाफदेही बनाउन अन्नपूर्ण मिडिया नेटवर्कले अभियान थालेको हो । फेसबुक र ट्वीटरमा तपाईँ आफूले चाहेका उम्मेदवारलाई प्रश्न गर्न सक्नुहुनेछ ।

कसरी सहभागी हुने ?

फेसबुक र ट्वीटर #AskNetajyu ह्यासट्याग प्रयोग गरी तपाईँ आफूले चाहेको उम्मेदवारलाई प्रश्न सोध्न सक्नुहुनेछ । तपाईँका प्रश्नको जवाफ सम्बन्धित नेताहरूले दिनेछन् । तपाईंले सोधेका प्रश्नको जवाफ हामी सम्बन्धित नेताबाट माग्ने छौँ ।

Leave a comment

Your email address will not be published.


*