24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जाजरकोटमा मतदान कार्य शुरु, हेर्नुहोस् (फोटोफिचर)

          |   प्रकाशित मितिः मङ्लबार, कार्तिक २८, २०७४     7:20:27 PM  | 49 पटक पढिएको   |  

जाजरकोट – आगामी मंसिर १० गते सम्पन्न हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जाजरकोटमा नमुना मतदान कार्य शुरु भएको छ ।

छेडागाड नगरपालिका १, खाराबजार र शिवालय गाउँपालिका १, छेडाबजारमा पहिलो चरणको नमुना मतदान कार्य सम्पन्न भएको छ ।

उक्त निर्वाचनमा मतदान गर्न नागरिकलाई सहज होस् भन्नका लागि यो कार्यको शुरुवात गरिएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।

यो पटकको निर्वाचनमा प्रतिनिधि, प्रदेशसभा र समानुपातिक उम्मेदवारलाई मतदान गर्नुपर्ने भएकोले सिक्नका लागि पनि यो कार्य गरिएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताए ।

 

Leave a comment

Your email address will not be published.


*