24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जाजरकोटमा नमुना मतदान

          |   प्रकाशित मितिः मङ्लबार, कार्तिक २८, २०७४     4:29:51 PM  | 106 पटक पढिएको   |  

जाजरकोट – आसन्न मंसिर १० गते सम्पन्न हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जाजरकोटमा नमुना मतदान कार्य शुरु गरिएको छ । उक्त निर्वाचनका दिन नागरिकलाई सहज होस् भन्नका लागि यस्तो कार्य हिजो (सोमबार) बाट शुरुवात गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय जाजरकोटले आयोजना गरेको पहिलो चरणको नमुना मतदान कार्यक्रम दुईवटा पालिकामा सम्पन्न गरिएको छ । जसअनुसार छेडागाड नगरपालिका -१, खाराबजार र शिवालय गाउँपालिका -१, छेडाबजारमा सम्पन्न गरिएको हो ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जम्मा ८५ मत खसेको थियो । जसअनुसार १२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।

झण्डैं ८५ मत खसेकोमा जम्मा १२ मत मात्र बदर हुनुले खासैं नागरिकहरु अनविज्ञ नरहेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले आकालन गरेको छ ।

मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान गर्न यसपटक नागरिकले प्रतिनिधिसभा, प्रदेशसभाका र समानुपातिक गरी तीन ठाउँमा मतदान गर्नुपर्ने भएकोले नझुक्किन र सहजै मतदान गर्न सकुन भन्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताए ।

अब अन्तिम चरणको नमुना मतदान भेरी नगरपालिका भित्र गरिने जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।

Leave a comment

Your email address will not be published.


*