24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

संस्कृतिको जगेर्नाका लागि विशेष कार्य योजना ल्याउँनुपर्छः नगर प्रमुख शर्मा

        गोपाल रेग्मी   |   प्रकाशित मितिः मङ्लबार, कार्तिक २८, २०७४     8:57:35 AM  | 43 पटक पढिएको   |  

चौरजहारी, रुकुम – चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्माले नेपालको संविधान समाजवाद उन्मुख भएकोले कला र संस्कृतिको जगेर्ना गर्नका लागि आफूले विशेष कार्य योजना ल्याउन लागेको बताएका छन् । हिजो (सोमबार) देखि चौरजहारीमा जारी सांस्कृति महोत्सवको उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख शर्माले यस्तो कुरा बताएका हुन् ।

२१ सौ सताब्दी विज्ञान र प्रविधिको युग भएको भन्दै उनले कला र संस्कृतिको संरक्षण, संर्वद्धन र प्रद्र्धनको लागि स्पष्ट कार्ययोजना बनाउन आवाश्यक रहेको जानकारी दिए । नगरपालिका भित्र रहेका विविध जातजाति, भाषा, धर्म र संस्कृतिको विविधतामा एकता कायम गर्नको लागि नगरपालिका लागि परेको भन्दै उक्त कार्ययोजनाले कलाकर्मीहरुका भावनाको कदर गर्ने विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा माओवादी केन्द्रका प्रतिनिधि टेकबहादुर गिरी, एमालेका प्रतिनिधि क्रृषीप्रसाद शर्माले महोत्सव सफल्ताको शुभकाना व्यक्त गरेका थिए । उद्घाटन समारोह कार्यक्रममा चौरजहारी नगरपालिका भित्र रहेका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

पत्रकार भिम पौडयालले सञ्चालन गरेको उद्घाटन कार्यक्रमको अध्यक्षता चौरजहारी उद्योग वाणिज्य संघका अध्यक्ष तेजबहादुर बिष्टले गरेका थिए ।

Leave a comment

Your email address will not be published.


*