24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

रुकुमको चौरजहारी अस्पतालमा ९१ जनाको आँखाको सफल शल्यक्रिया

        गोपाल रेग्मी   |   प्रकाशित मितिः आइतवार, कार्तिक २६, २०७४     7:04:57 PM  | 59 पटक पढिएको   |  

चौरजहारी रुकुम – रुकुमको चौरजहारी अस्पतालमा ९१ जनाको आँखाको सफल शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योती संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजना र चौरजहारी अस्पतालको व्यवस्थापनमा भ,mण्डैं ९१ जनाको आँखाका विरामीहरुको सफल शल्यक्रिया गरिएको हो ।

चौरजहारी अस्पतालमा शनिबार देखि शुरुभएको आँखा शिविरममा ३० जना पुरुष र ६१ जना महिलाहरु गरी जम्मा ९१ जनाको शल्यक्रिया भएको डा. सन्तोष सुवेधिले जानकारी दिए ।

शिविरमा ५ सय ५५ जना विरामीहरुले आँखाको परिक्षण, उपचार तथा परामर्श सेवा लिएका छन् । मोतिविन्दु जलविन्दु लगाएत समस्या भएका विरामीहरुको शल्यक्रिया गरिएको थियो ।

शनिवार एक औपचारीक कार्यक्रमको आयोजना गरी चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले शिविरको उद्घाटन गरेका थिए । उदघाटन समारोहमा प्रमुख शर्माले राप्ती आँखा अस्पतालले प्रत्येक वर्ष संचालन गर्दै आईरहेको आँखा शिविरबाट दूरदराजका विरामीहरु लाभान्वित भएको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरे । उनले राप्ती आँखा अस्पताल रक्षाचौर दाङ र चौरजहारी अस्पतालले समन्वय गरी नगरपालिकाको खोलागाउँमा शिविर सञ्चालन गर्नुपर्ने आवाश्यकता रहेको भन्दै त्यसको लागि नगरपालिकाले सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा डाक्टर कालेव बुढा, डाक्टर सन्तोष सुवेधिले आँखामा लाग्ने रोग र यसबाट बच्ने उपायबारेमा विरामीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा नगरपालिका उपप्रमुख राधा रोका अस्पताल प्रमुख डिलबहादुर गिरी रेडक्रस उपशाखा सभापति तेजबहादुर बटाला लगाएतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

आज बेलुकासम्म्म संचालन हुने शिविरमा रुकुम सल्यान जाजरकोट लागएतका जिल्लाहरुबाट आएका विरामीहरुले सेवा लिईरहेका छन् ।

Leave a comment

Your email address will not be published.


*