21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

मलेसियामा बाइक दुर्घटनामा परी एक नेपालीको ज्यान गयो

          |   प्रकाशित मितिः आइतवार, कार्तिक २६, २०७४     1:45:14 PM  | 444 पटक पढिएको   |  

जाजरकोट – सुर्खेतको पुहुँ घर भई हाल शिवालय गाउँपालिका —३, जाजरकोट बस्दै आएका एक नेपाली युवकको मलेसिया बाइक दुर्घटनामा परी ज्यान गएको छ । हिजो (शनिबार) विहान ड्युटीमा जादैं गर्दा बाइक दुर्घटनामा परी ज्यान गएको हो ।

ज्यान गुमाउनेमा ३४ वर्षीय प्रेम खड्का रहेको उनीसँगै काम गर्ने नेपाली कामदाहरुले जनाकारी दिए । खड्का रोजगारीको शिलशिलामा एकवर्ष पहिले जाजरकोटबाट मलेसिया गएका हुन् ।

खड्काको शव नेपाल पुर्याउन एकहप्ता लाग्ने र जसका लागि आवश्यक पहल भैंरहेको त्यहाँबाट प्रेमप्रतिक महताराले जानकारी दिए । उनले शिवालय गाउँपालिका —३, जाजरकोटबाट बिहे गरेर यतै बस्दै आएका थिए ।

Leave a comment

Your email address will not be published.


*