24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

बुहारीले गरिन्, सासूको हत्या

          |   प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०७४     8:29:33 PM  | 221 पटक पढिएको   |  

जाजरकोट – भेरी नगरपालिका -१, रिम्नामा बुहारीले बियरको बोत्तलले हिर्काउर सासूको हत्या गरेकी छन् । रिम्नाकी २७ वर्षीया भवानी रानाले ४५ वर्षीया सासूलाई कन्चटमा हिर्काएर हत्या गरेकी हुन् ।

घट्ट बेचेको रकमको विषयलाई लिएर सासूबुहारी बीच विवाद भएको थियो । विवादका क्रममा भवानीले बियरको बोत्तलले कन्चटमा हानेर सासूको हत्या गरेको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

हत्यामा संग्लग्न भएको आरोपमा भवानी र मृतकका पति दूधबहादुरलाई नियन्त्रणमा लिएको उनले बताए ।

Leave a comment

Your email address will not be published.


*