24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

पूर्व गृहमन्त्री बस्नेतले भनेः ‘आफूलाई राजीवसँग तुलना गर्न सुहाउँदैन’

        नरेश राना मगर   |   प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०७४     6:22:35 PM  | 470 पटक पढिएको   |  

जाजरकोट – आसन्न मंसिर १० गते सम्पन हुने प्रतिनिधि र प्रदेशसभाको चुनाव नजिकिदैं गर्दा राजनीतिक दलका उम्मेदवारहरु एकले अर्कोलाई आरोप, प्रत्यारोप लगाई रहेका छन् । जाजरकोटका उम्मेदवार मात्रै नभएर देशैभरका उम्मेदवारहरुको झट्ट भाषण, अन्तरवार्ता र कुरा सुन्दा आफू नै अब्बल आफू नै नम्बरी, अरु सबै दोयम र ऐलानी हुन्, भन्न कत्ति हिच्किचाउँदैनन् । तुलनात्मक रुपले आफूलाई कतैन कतैबाट अब्बल नै साबित गर्छन् ।

स्वभावैले यतिसम्म उम्मेदवारले भन्न पाउनु र मतदाताले सुन्न पाउनु नराम्रो र बहसको विषय पनि होईन जस्तो सबैलाई लाग्छ । हुनपनि हो । यो समय मतदाताको मन र मत कसरी आ—आफ्नो पोल्टाभरी पार्ने र आफू विजयी हुने, यो इच्छा र आकांक्षा सबै उम्मेदवारमा हुन्छ होला ।

यस्ता र यीनै आरोप, प्रत्यारोप, आश्वासनले मतदातको मन जितेर विजयी भएका कयौं उम्मेदवारका साँची जनता र इतिहास ताजै छन् । यसलाई अन्यथा नमान्ने एकखाले जनतामा परम्परा बसिसकेको छ ।

जाजरकोटमा पनि यस्तै जुहारी चलेको छ, उम्मेदवार द्वेय, पूर्व गृहमन्त्री एवं वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका साझा उम्मेदवार शक्तिबहादुर बस्नेत र पूर्व सभासद नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार राजीवविक्रम शाह बीच ।

शाह भन्छन्, —‘आफूले विगतका वर्षहरुमा फैलिएको झाडापखाला, स्वाइन् फ्लू जस्ता महामारीको बेला जिल्ला बासीहरुलाई भरमजदूर सहयोग गरेको छु, गर्दै जानेछु, सयौं जनाको ज्यान बचाएको छु । बस दुर्घटना हुँदा नीजि हेलिक्पटर उडाएर, गोताखोर घटना स्थलसम्म पुर्याएर मृतक र घाईतेहरुको उद्दार गरे । छेडागाड नगरपालिका -५, मा २५ शैयाको हस्पिटल नीजि लगानीमा निर्माणधीन अवस्थामा छ ।’

बस्नेतले जिल्ला बासीहरुका लागि केही गर्न नसकेको शाह बताउँदै हिड्छन् । हिजोका यस्ता नानाथरी आश्वासन बाँड्दै शाह चुुनावी अभियानकै क्रममा गाउँगाउँमा छन् ।

यता बस्नेत भन्छन्, —‘राजीव जस्ताका प्रलोभनमा कोही नझुक्कीनु होला । राजीवले झाडापखाला, स्वाइन फ्लू, बस दुर्घटना जस्ता भयानक घटनामा दातृ निकायसँग हारगुहार गरेका हुन् । जसका लागि नेपाल सरकार समक्ष आफूले पनि पहलकमदी गरेको बताउँछन् । आफ्नो गोजिको सुको पैसा जाजरकोटी जनातको नाउमा खर्चेका छैनन् ।’

छेडागाड नगरपालिकामा -५, मा बनाउँन लागेको २५ शैंयाको हस्पिटल दुःखी, गरिबी र असाहेका लागि नभएर हुने, खानेका लागि भएको र व्यापार लागि बनाउँन थालिएको मन्त्री बस्नेत तर्क गर्छन् ।

यदि जाजरकोटी जनताको भलाईका लागि हो भने, सदरमुकाम खलंगामै ५० शैंयाको हस्पिटल बनाउँन नेपाल सरकारसँग हातेमालो किन गर्न सकेन्न् शाहले ? जाजरकोटका दुर्गम गाउँठाउँमा मोटर बाटो निर्माणका लागि शाहले करोडौं रुपैंयाँ नेपाल सरकारबाट किन भित्र्याउन सकेन्न् ? या भनौ आफ्नै नीजि पैंसा खैं कहाँ गए ? बस्नेतले एक प्रतिनिधि विकासको उदाहरण दिदैं भने – जाजरकोट हुँदैं डोल्पा जोड्ने सडकखण्ड निर्माणका लागि शाहको नीजि लगानी खैं ?

यस्ता यक्षप्रश्न शाहमाथि थुपारेका छन् । थुपार्नु स्वाभाविकै छ । शाहपनि संविधानसभाको दोस्रो चुनावमा जाजरकोट (ख) बाट निर्वाचित सांसद हुन् । भने, बस्नेत जाजरकोट (क) बाट निर्वाचित सांसद हुन् । यी दुबैले दोषारोपन गर्नु कुनै नवीनतम् विषय छैन ।

तर, के यी यक्षप्रश्नको उत्तर दिनसक्ने युधिष्ठर बन्न् सक्लान् त राजीव ? उनका अगाडी बडो चुनौतीका उत्तरहरु अजंग पहाड झैं ठडिएका छन् ।

राज्यको उपल्लो तह अझ भनौ नीति निर्माण हुने निकायसम्म पुगेका बस्नेतका लागि यी र यस्ता प्रश्न शाहमाथि गर्नु कुनै नौलो हैन । र, यी प्रश्नको सहजै हल गर्ने सामार्थ बस्नेतमा नभएको पनि हैन । एकपटक स्वास्थ्यमन्त्री, अर्कोपटक गृहमन्त्री सम्हाली सकेका बस्नेतलाई यो पटक जाजरकोटी जनताले बडो चिन्ता र चासोको विषय बनाएका छन् ।

स्थानीय भन्छन्, —‘शाहले गरेका केही हदसम्मको सेवा भन्दा राज्यको नीति निर्माण तहसम्म पुनः बस्नेतलाई पठाउँने आफूहरुको इच्छा छ ।’

यसकारण जिल्लाबासीहरुको इच्छापूरा हुनेछ, जाजरकोटमा नेकपा एमाले र माओवादीको बर्चश्व कायमै थियो र एमाले र माओवादी केन्द्रको चुनावी तालमेल भएसँगै बस्नेतको भाग्य चम्किने कुरा सुनिश्चित छ । यी र यस्तै तथ्यका कारणले चुनावी आमसभा र जन भेटघाटनमा मन्त्री बस्नेतले शाहसँग तुलना गर्न नसुहाउँने बताउँछन् ।

Leave a comment

Your email address will not be published.


*