21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

काठमाडौंबाट जाजरकोट आउँदै गरेको बस बाँकेमा दुर्घटनाः १३ घाइते ५ को अवस्था गम्भीर

          |   प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४     8:31:05 AM  | 957 पटक पढिएको   |  

काठमाडौंबाट जाजरकोट जादै गरेको बस बाँकेको अगैया नजिक दुर्घटना भएको छ । दुर्घटनामा परेर १३ जना घाइते भएका छन् भने घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ना ६ ख ४०२ नम्बरको रात्रीबस बिहान साढे ६ बजेतिर पुर्व पश्चिम राजमार्गको अगैया देखि ४ किलोमिटर पश्चिमतर्फ दुर्घटना भएको हो ।

घाइतेहरुको उद्वार गरेर प्रहरीले उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पठाएको छ । बसका चालक र सह–चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Leave a comment

Your email address will not be published.


*