25 November 2017|   शनिबार, मंसिर ९, २०७४

रविन्द्र शाहको हत्या अभियुक्त नेपालगञ्जबाट पक्राउ

          |   प्रकाशित मितिः आइतवार, कार्तिक १९, २०७४     9:34:29 PM  | 935 पटक पढिएको   |  

जाजरकोट – नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र शम्सेर शाहको हत्या गरेको आरोपमा नेपालगन्जबाट एकजना पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार शाहको हत्या आरोपमा फरार रहेका दिर्घराज नेपाली नेपालगन्ज खजुरा रोडबाट आइतबार साँझ पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको टोलीले उनीलाई नियन्त्रणमा लिएको हो । नेपालीलाई प्रदेश ब्यूरोबाट प्रहरी निरीक्षक अरुण कुमार सिङको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ ।

शाहको हत्या लगत्तै नेपाली फरार रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । फरार रहेका नेपालीलाई त्यतिबेला देखि नै खोजि तीव्र बनाएको थियो ।

शाहको २०७३ चैत १५ गते बेलुका हत्या गरिएको थियो ।

Leave a comment

Your email address will not be published.


*