24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

जनता चुनावी नारा खाएर बाँच्लान् त ?

        कृष्णमुरारी भण्डारी   |   प्रकाशित मितिः शुक्रबार, कार्तिक १७, २०७४     9:17:02 AM  | 48 पटक पढिएको   |  

चुनाव नजिकिँदै गर्दा पार्टीका चर्काचर्का नारा सुनिन थालेका छन् । दक्षिणपन्थी र वामपन्थी राजनीतिक ध्रुवीकरणले नारामाथि नारा थपिरहेको छ । नाराबाजीमा कोभन्दा को कम रु के जनता नारा मात्र खाएर बसिरहन्छन् ?

पहिले आर्थिक समृद्धिका नीति बनाउन व्यापारी, राजनीतिज्ञ प्रयोग गर्दथे तर अब व्यापारीले आफैंले ती पद हत्याउन थालेका छन् । पहिला राजनीतिक नेताहरू दलबदलु गर्दथे, अब व्यापारी पनि दलबदलु गर्न माहिर देखिए । चर्चित उद्योगपति विनोद चौधरीको एमालेबाट कांग्रेस प्रवेश र सद्भावना आनन्दीदेवीबाट नवनेपाल पार्टी हुँदै एमाले प्रवेश गरेका मोतीलाल दुगडको कथा त उदाहरण मात्र हुन् ।

यसअघिको सदनमा पच्चीस व्यापारिक घरानाहरू सांसद बनेका थिए, यसपालि त्यो रेकर्ड पनि तोडिने संकेत देखिँदैछ । लाग्छ( सबै विज्ञानको नायक भनिने राजनीतिलाई व्यापारी/उद्योगपतिले मुठीमा पार्दैछन् । यो अराजनीतिक दिशातिर अगाडि बढ्ने संकेत हो कि होइन रु व्यापारीको राजनीतिक दल प्रवेशले पार्टीमाथि उनीहरूको नियन्त्रण झन्झन् बढिरहेको देखिन्छ । जति व्यापारी राजनीतिमा सक्रिय भएका छन्, पैसाको खोलो त्यत्तिकै बग्न थालेको छ । पैसाले गर्दा देश सेवा मानिने राजनीति दिनपरदिन खर्चिलो बनिरहेछ ।

राजनीतिमा विचारको पकड कमजोर बनेपछि हुने यस्तै हो । कुर्था, जवाहर कोट र चप्पल लगाउने कांग्रेसी र कमिज, पाइन्ट, हवाई चप्पल लगाएका कम्युनिस्ट नेताको भाषण सुन्न हजारौंको संख्यामा जम्मा हुने जनता आज व्यापारीसँग लगनगाँठो कसिएका सम्भ्रान्त नेताको भाषणले तान्न छोडेको छ किनभने विचारको राजनीतिमा मात्र तागत हुन्छ १ व्यापारीको मुठीको राजनीतिमा न विचारको बल छ, न त मूल्य, मान्यता र आदर्श नै ।

सबै दलहरूलाई सत्तामा पुग्ने, टिक्ने र सधैं सत्तामै रहने हुटहुटीले सधैं जोड, घटाउ, गुणन र भागा भै मात्रै रह्यो, तर कोही पनि कहिल्यै स्थिर बन्न सकेनन् ।

एमाले र माओवादीले सँगसँगै चुनाव लड्ने उद्देश्यले सुरु गरेका वामपन्थी गठबन्धनले दक्षिणपन्थी गठबन्धन ९राजनीतिशास्त्रमा दक्षिण र वामपन्थी पक्ष भनेर गरिएको वर्गीकरण० लाई पनि त्यस्तै गर्न प्रोत्साहित गरेको छ । च्याउसरि उम्रिएका एक सय सत्तरी बढी दललाई वाम र दक्षिणपन्थी गठबन्धनले संग्ल्याउने अपेक्षा पनि धेरैको थियो । त्यो एक हदसम्म सफल हुँदै गइरहेको पनि छ ।

आफूलाई वामपन्थी भन्नेहरू एक मोर्चाबाट र दक्षिणपन्थीहरू अर्को मोर्चामा ध्रुवीकृत हुन थालेपछि नेपाल दुई दलीय व्यवस्थातर्फ अगाडि बढिरहेको देखिँदैछ । विचार, नीति, सिद्धान्त केही नभएका एनजीओ र म्यानेजमेन्ट कन्सल्टेन्सी जस्ता पार्टीहरूको असान्दर्भिकता झन्झन् पुष्टि हुँदैछ । त्यसैले यतिखेर धेरै बढी खैलाबैला र रोइलो यस्तै पार्टी र तिनका नेताबीच भएको छ ।

वमपन्थीहरू जति गुट र दलमा विभाजित भए पनि उनीहरूका मतदाता एकै हुन् किनभने तिनको सिद्धान्त, आदर्श र व्यवहार एउटै हो । तिनका भ्रातृ संगठनमा विभाजित भएका भोटर्स पनि एउटै हुन् । उनीहरूको सबैथोक एउटै हो, चुलो र भान्छेहरू मात्र भिन्न हुन् । यही अवस्था कांग्रेसीवृत्तमा पनि रहेको देखिन्छ ।

वामपन्थी दलहरूको भित्री बनावटलाई मिहिन रूपमा हेर्ने हो भने उनीहरूका नेता, कार्यकर्ता पनि तिनै देखिन्छन्, जो कहिले एउटा दलमा थिए र काल, परिबन्दले अर्को दलमा पुगेका छन् । कि माले(एमाले छोडेर माओवादीमा गएकाहरू छन् कि त पुष्पलाल, मानन्धर, रोहित, मोहनविक्रम छोडेर यताउता गर्नेहरू नै देखिन्छन् । यो क्रमलाई निरन्तरता दिइरहन जति राष्ट्रिय कारण र बाध्यता देखिन्छन्, त्यति नै अन्तर्राष्ट्रिय कारण पनि कम जिम्मेवार छैनन् ।

वामपन्थी दलहरूका भन्दा भिन्न अवस्था कांग्रेसको पनि छैन । कांग्रेसीहरू नै बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर, सूर्यप्रसाद, सीके प्रसाईं बने । तिनैबाट तुल्सी गिरी, विश्वबन्धु थापा, सूर्यबहादुर थापा, रुद्र गिरी बने । बखान बा, काशीनाथ गौतम, श्रीभद्र खनाल, परशुनारायण चौधरी राजावादी र पञ्च बने । विपिन कोइराला, शिवबहादुर खड्का, शिव भुर्तेल, वीरेन्द्र पोखरेल बने ।

बिर्ता उन्मूलन, हुलाकी मार्ग र भूमिसुधार भनेर सामन्तवाद खारेज गर्न लागेका प्रधानमन्त्री बीपी कोइरालालाई सामन्तहरूले खारेज गरेर जेलमा कोचिदिए । कम्युनिस्टहरू पनि जेलमा कोचिए । केही शीर्ष र धेरै मध्यम तथा तल्लो तहका कम्युनिस्ट नेताहरू पञ्चायती प्याधा बने । पञ्चायत समाप्त भएपछि तिनै पञ्च बनेका कांग्रेस÷कम्युनिस्ट आआफ्ना मातृसंस्था पसे । सक्नेले दलमा फर्केपछि पनि रजगज नै गर्न थालेका छन् ।

जति पनि मधेसी दलहरू बनेका छन् ९एउटै कम्युनिस्ट पार्टी फुटेर धेरैवटा कम्युनिस्ट पार्टीहरू बनेजस्तै० राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणले कांग्रेस पार्टी फुटेर चोइटिएर बनेका हुन् । हृदयेश त्रिपाठी, महेन्द्र यादव, जीतेन्द्र देव र उपेन्द्र यादव मात्र स्पष्ट रूपमा देखिने वामपन्थी ब्याकग्राउन्डका मधेसी नेता हुन् ।

एकपछि अर्को गर्दै फुटेर बनेका कम्युनिस्टहरूले पार्टीको नाम एउटै राखे, तर कांग्रेसबाट फुटेर अर्को पार्टी बनाउनेहरूले कांग्रेस नै नाम राखेनन् तर प्रजातन्त्र, राष्ट्रियता र समाजवाद भने कसैले पनि छोडेको देखिँदैन । बरु कांग्रेसलाई बोक्न गाह्रो भयो र नारा छोड्यो गिरिजाप्रसादले पोखरा महाधिवेशनमा समाजवाद छोडे तर मधेसीहरूले बोकेको बोक्यै गरेका छन् ।

दस वर्षअघि देश संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछिको अवस्था हेर्ने हो भने पनि कांग्रेस, एमाले, माओवादी, मधेसी दलहरू नै हुन् सत्तामा रजगज गर्नेहरू । सबै दलहरूलाई सत्तामा पुग्ने, टिक्ने र सधैं सत्तामै रहने हुटहुटीले सधैं जोड, घटाउ, गुणन र भागा भै मात्रै रह्यो, तर कोही पनि कहिल्यै स्थिर बन्न सकेनन् ।

कांग्रेससँग एमाले शासनमा रहँदा जे भयो, कांग्रेससँग माओवादी रहँदा पनि एकले अर्कालाई अप्ठेरो पारिरहेको नै ठाने । एकको पुच्छर अर्को भएको मिलिजुली बस्नेले मात्र होइन, सत्ताबाहिर बस्नेले पनि भने । जे ठानेर जो सत्तामा बसे, हरेकले आफ्नो ‘बार्गेनिङ पावर’ घटेकै देखे । यसले गर्दा मिलिजुली सरकारले कहिल्यै स्थायी चरित्र लिन सकेन ।

दलहरू राजनीतिक ध्रुवीकरणमा एकत्रित हुन पुग्नुको पछाडिका प्रमुख कारण यिनै हुन् । विवाद के मात्र रहेको देखिन्छ भने पहिले को धु्रवीकृत भयो रु यसैलाई इसु बनाएर उछाल्न मात्र खोजियो । भनौं न, एमाले(माओवादी र नयाँ शक्ति पार्टी आउँदो चुनावमा मिलेर लड्ने र भविष्यमा एउटै पार्टी बनाउन प्रयत्न गर्ने भनेर अगाडि देखा परे । भएको यति नै हो । यही एकताबाट उछिट्टिएर नयाँ शक्ति दक्षिणपन्थी कित्तामा जोडिन पुगेको छ ।

तर वामपन्थी धु्रवीकरणले कांग्रेसलाई समाप्त पार्ने भन्दै प्रचार गरिँदै छ । एमाले र माओवादी गठबन्धनका कारणले कांग्रेस अब सकिन्छ भनेर होहल्ला गरिँदैछ । तर के कुरा बिर्सियो भने, एमाले र माओवादी जन्मिनु धेरै अगाडि नै कांग्रेस पार्टी स्थापना भइसकेको मात्र होइन, सात सालको क्रान्तिको नेतृत्व कांग्रेसले गरिसकेको थियो । नेपालको पहिलो संसदीय चुनावमा कांग्रेसले दुईतिहाइ मत ल्याएर जितेको थियो । एमाले, माले हुँदै २०३५ मा मात्र स्थापना भएको पार्टी हो भने माओवादी चालीसको दशकको अन्तिम समयतिर मात्र स्थापना भएको दल हो ।

कांग्रेस, एमाले र माओवादीमा के समानता छ भने यी तीनैवटा पार्टी सशस्त्र संघर्ष गरेका दल हुन् । कांग्रेसले त तीनपल्ट हतियार उठाएको, जहाज अपहरण गरेको र मान्छे मराएको इतिहास छ । एमालेले पनि मालेकालमा हतियार उठायो । माओवादीले ०५२ सालदेखि जनयुद्ध सुरु गरेको सबैलाई अवगतै छ ।

यस पृष्ठभूमिमा अहिले सुरु भएको चरम धु्रवीकरणको सुरुआत नेपालमा पहिलो प्रयोग हो । यो अग्रसरताले घनीभूत रूपमा नेपालको राजनीतिलाई अगाडि बढाउँछ÷बढाउँदैन भन्ने विवाद अत्यन्त तीव्र देखिएको छ ।

कम्युनिस्टहरू एकै सिद्धान्त र विचारका भए पनि विभाजनले यिनीहरूको शक्ति कहिल्यै एकत्रित हुन पाएन । भनिन्थ्यो, संविधानसभामा साठी प्रतिशतभन्दा बढी कम्युनिस्ट वामपन्थी जनमतबाट विजयी बनेर सदनमा पुगेका थिए । तर एकता नभएकाले कहिल्यै बहुमतीय सरकार प्रस्तुत गर्न सकेनन् । हदसेहद यिनको सफलता भनेको कांग्रेसको पुच्छर समातेर अथवा सिरानी हालेर सत्तामा पुग्नु मात्र रह्यो ।

जबकि सम्भावना थियो, कम्युनिस्ट वामपन्थी मिलेर एकमना सरकार बनाउने र जनताको लागि काम गर्ने । तर संसद् र प्रदेशसभा चुनावको पूर्वसन्ध्यामा एमाले र माओवादीको अग्रसरताले लामो समयदेखि एकमना सरकार बन्न नसकेको सन्दर्भमा यो वामपन्थी ध्रुवीकरणले देशलाई स्थायित्व दिने आशा आमजनतामा उत्पन्न गराएको छ । राजनीतिशास्त्रका एक प्राध्यापकले भने, यसले अर्को के पनि सम्भावना उजागर गरेको छ भने, विश्वभर कम्युनिस्टहरूको पतनपछि अब कम्युनिस्ट होइन, सामाजिक प्रजातन्त्रवादी पार्टीका रूपमा बदलिने अवसर यो एकताले सिर्जना गर्छ कि रु किनभने एमाले नामले कम्युनिस्ट पार्टी भए पनि नीति कार्यक्रमले यो सामाजिक प्रजातन्त्रवादी पार्टी नै हो । ०४६ पछिको इतिहासले यो सावित भएको छ ।

त्यस्तै उनले भने, माओवादी नामको पार्टी अब माओवादी कम्युनिस्ट पार्टी रहेन । माओवादीभित्रको हतियारवादी खेमालाई नेत्रविक्रम चन्दले नेतृत्व गरेको माओवादी जमातले बोकेको छ भने किरण वैद्यले जडसूत्रवादी माओवादलाई काँध थापिरहेका छन् । यसरी माओवादीहरू तीन टुक्रामा विभाजित भएर प्रचण्डले सामाजिक प्रजातान्त्रिक धार, विप्लवले हतियारवादी धार र वैद्यले जडसूत्रवादी धार समातेको देखिन्छ ।

उनले उपरोक्त चर्चा गर्दै दाबी गरे, यो स्थिति रहिरह्यो भने जनता यसैबाट अभ्यस्त हुन्छन् र परिचालित बन्छन् पनि । किनभने एमालेले कांग्रेससँग सत्ता गठबन्धन गरेर धेरैपटक बस्यो तर दीर्घकालसम्म अगाडि बढ्न नसक्ने देख्यो । त्यस्तै अवस्था माओवादीको पनि रह्यो । गएको स्थानीय निर्वाचनमा त ऊ कांग्रेसको छहारीबाट तेस्रो ठूलो दल पनि बन्न सकेन । कांग्रेसकै हविगत उदांग भयो ।

के ती प्राध्यापकले विश्लेषण गरेजस्तै एमाले र माओवादीको एकताले नयाँ सम्भावनालाई उजागर गर्न सक्ला रु राजनीतिमा दुई प्लस दुई पाँच अथवा तीन पनि हुन्छ भन्ने भनाइ सत्यसावित होला रु निर्वाचनलाई नजिकबाट हेर्ने, अध्ययन गर्ने र सर्वेक्षण प्रकाशित गर्नेहरू भने यतिखेर स्थानीय र संविधानसभा निर्वाचनमा वामपन्थी उम्मेदवारले निर्वाचन क्षेत्र तथा गाउँनगरमा पाएको मतलाई दक्षिणपन्थी उम्मेदवारले पाएका मतसँग तुलना गरेर तस्बिर प्रदर्शन गरिरहेका छन् ।

कसले जित्छ, कसले हार्छ रु आउँदो चुनावले नै बताउनेछ तर एउटा कुरा के भने सत्तासीन प्रधानमन्त्री देउवा जो कांग्रेसका सभापति पनि हुन्, उनी भने यो एकताबाट अत्यन्तै अत्तालिएका छन् । उनका भाषण, अन्तर्वार्ता र पार्टी बैठकहरूले पारित गरेका निर्णयहरूले यस्तै अभिव्यक्ति दिइरहेको देखिन्छ । अझ संक्षिप्त रूपमा समाचार पढ्न पाइएको कांग्रेस पार्टीको घोषणापत्रले त उपरोक्त भनाइलाई सत्यसावित गरेको छ । अब हेर्न बाँकी वामपन्थी गठबन्धनको घोषणापत्र छ । त्यसमा पनि नारा नै नारा मात्र हुनेछ कि देश र जनतालाई समृद्ध बनाउने यथार्थवादी कार्यक्रम !

-कृष्णमुरारी भण्डारी

Leave a comment

Your email address will not be published.


*