25 November 2017|   शनिबार, मंसिर ९, २०७४

संसारका सबैभन्दा अग्ला ८ मनोरम हिमालका दृष्य ती नेपालमै पर्छन् ! (फोटोफिचर)

          |   प्रकाशित मितिः बिहिबार, कार्तिक १६, २०७४     5:43:06 PM  | 112 पटक पढिएको   |  

शब्द/तस्वीर संकलकः नरेश राना मगर – संसारका मानिसहरुले नेपाल सगरमाथाको देश भनेर चिन्ने गर्दछन् । जहाँ अग्ला, सग्ला र मानोरम हिमालै हिमालले भरिपूर्ण देशको रुपमा चिन्ने गर्दछन् । ती मध्ये संसारका ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमशिखर मध्ये ८ वटा नेपालमै पर्छन् । तिनै ८ वटा मध्ये ७ वटा अग्ला हिमालका सुन्दर एवं मनोरम दृष्यात्मक तस्वीर यहाँ प्रस्तुत गर्ने कोशिस गरेका छौ ।

सगरमाथा आरोहणका लागि जति भीडभाड हुने गरेतापनि अन्य सातवटा हिमालहरु चढ्नलाई भने कमै संख्यामा स्वदेशि तथा विदेशी आरोहीहरु आउने गरेका छन् । सगरमाथा आरोहणकै लागि मात्र नभएर हेर्न, तस्वीर खिच्न पनि विश्वभरका मानिस आउँने गर्दछन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ ।

कञ्चनजंघा

संसारको तेस्रो अग्लो एवं नेपालको दोस्रो अग्लो हिमाल हो कञ्चनजंघा हो । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । भने, यो ताप्लेजुङ्ग जिल्लामा पर्छ । स्मरण रहोस्, संसारको दोस्रो अग्लो हिमाल माउण्ट केटु हो । जुन हिमाल नेपालमा पर्दैन ।

लोत्से

संसारको चौथो अग्लो हिमाल हो लोत्से । यो ८ हजार ५ सय १६ मिटर अग्लो छ । यो हिमाल सोलुखुम्बु जिल्लामा पर्छ ।

मकालु

यो हिमाल संसारको पाचौं अग्लो हिमाल मध्ये पर्दछ मकालु । यो ८ हजार ४ सय ६३ मिटर अग्लो छ । संखुवासभामा पर्दछ ।

चोयु

यो संसारको छैठौं अग्लो हिमाल हो चोयु । सोलुखुम्बु जिल्लामा पर्छ । यो हिमालको उचाई ८ हजार २ सय १ मिटरको छ ।

धौलागिरी

यो हिमाल सातौं अग्लो हिमाल पर्दछ । ८ हजार १ सय ६७ मिटर उचाई भएको धौलागिरी हिमाल हो । यो मनाङ्ग र मुस्ताङ्ग जिल्लामा पर्दछ ।

मनास्लु

मनास्लु संसारको आठौं अग्लो हिमाल हो । यो गोरखा जिल्लामा पर्छ । यस हिमालको उचाई ८ हजार १ सय ६३ मिटर अग्लो रहेको छ ।

अन्नपूर्ण

अन्नपूर्ण हिमाल संसारको दशौं अग्लो हिमाल हो । यो हिमालको उचाई ८ हजार ९१ मिटर रहेको छ ।

-स्रोतः नेपाली वीकिपिडिया र गुगल

Leave a comment

Your email address will not be published.


*