25 November 2017|   शनिबार, मंसिर ९, २०७४

पहल असिमका केही दम्दार गजल

          |   प्रकाशित मितिः बिहिबार, कार्तिक १६, २०७४     2:48:38 PM  | 181 पटक पढिएको   |  

१. गजल

सिँगो नदि बनिदिन्छ टिलपिल भएर ।
आँसु नबग्नुपर्ने परेलीको डिल भएर ।

गुलाब पनि काँडा छिचोलेर फुलेको हो,
किन डराउनु एउटा सफर मुस्किल भएर ।

तिमी बस्यौ भने दुस्मन बसेझैँ लाग्छ,
त्यही मनमा देश बस्छ प्रेमिल भएर ।

जिन्दगी पढ्नु पहिले आऊ मृत्यु पढौ
समय छेऊमै बसेको छ कातिल भएर

२. गजल

समय हो समयले चित्त बुझाएपछि ।
गरिब पनि गरिब भएन अघाएपछि ।

यो देश देशजसरी तब सिङ्गारिन्छ,
उपदेश दिनेले कोदालो समाएपछि ।

उसले जितेको युद्व त्यसपछि हार्यो,
नबनाउनुपर्ने मान्छे आफ्नो बनाएपछि ।

आमा जीवनभरका लागी रोगी भइन्,
प्रदेशी हावाले एक खबर सुनाएपछि ।

तिम्रो सिंगारिएको आगन भत्किनेछ,
त्यहि बाटो भएर असिम आएपछि ।

-पहल असिम

Leave a comment

Your email address will not be published.


*