25 November 2017|   शनिबार, मंसिर ९, २०७४

झाँक्री राम जात्रा (फोटोफिचर)

          |   प्रकाशित मितिः बिहिबार, कार्तिक १६, २०७४     9:36:53 AM  | 108 पटक पढिएको   |  

शब्द/तस्वीरः मैत्या घर्ती मगर पूर्वी रुकुम – आदिम कालदेखि नैं प्रकृतिमा निर्भर रहने, प्रकृतिको काखमै बसेर रमाउने मगर जाति प्रकृतिलाई असाध्यै माया, ममता र पूजापाठ गर्न कहिल्यै पछि परेन । मगर जातिका आफ्नै धर्म, संस्कार, संकृतिहरु छन् । जुन जातिले २१ शौं शताब्दीमा आएरपनि आध्यात्मवाद कहिल्यै छोडेन र छोडेको पनि छैन ।

यो जातिका अनेकौं धर्म, संस्कार मध्ये झाँक्रीवाद र झाँक्री पुजा गर्न अहिलेसम्म पनि छोडेको छैन । पुस्तौ देखि झाँक्री पूजामा विश्वास राख्छन् । कालान्तरमा अन्य धर्म संस्कृतिको प्रभावमा परेर विस्तारै प्रकृति पुजकबाट कोही हिन्दु कोही बुद्धिष्ट, र्इसाइ बनेका छन् । मगरहरुको बाहुल्यता रहेका अधिकांश क्षेत्रहरुबाट आफनो प्राचिन धर्म, संस्कृति संस्कारहरु लोप भई सकेको छ । जाजरकोट, रुकुम, रोल्पाको सिमित क्षेत्रमा मात्र अलिकति आफ्नो प्राचिन धर्म संस्कृति संस्कार अझैसम्म जीवित राखेर प्रकृतिलाई पुजेर जिएका छन् । यसको एउटा जीवित प्रमाण हो प्रत्येक वर्ष श्रावण महिनाको पहिलो हप्ता मंगलबारको दिन गाउँको कालकष्ट रोगब्यथाबाट बच्न राक्सो (मृतआत्मा) धपाएर पुजा गर्ने प्रचलित हो झाँक्री राम ।

आ आफनो थरबाट अनिवार्य रुपमा एकएक जना झाँक्री गुरघर (निश्चित ठाउँ) मा जम्मा गराएर शास्त्रीय विधी पु¥याएर नाँच्ने गर्दछन् । गुरुबाले विधीवत् रुपमा कथा सुनाउँछ भने अरु शिष्यहरुले लय मिलाएर गाउँछन् ।

लुगुम गाउँको पुर्व तिर रहेको पानीको मुहान छेउको खुल्ला ठाउँमा मन्त्र झप्दै दिनभर ९ पटक नाँचे पछि राक्सो (मृतआत्मा) धपाउन झाँक्रीहरु पानीको मुहान तिर डौडिन्छन् । झन्दै ३०, ३५ जनाको संख्यामा रहेको झाँक्रीहरुले हरेक वर्ष आफनो रोलक्रम अनुसार एकजनाले जिम्मा सम्हालेर पानीको मुहानबाट राक्सो निकालेर धपाउँदै गाउँको पश्चिम पट्टी रहेको दोबाटोमा पु¥याउँने काम गर्छ ।

प्रत्येक झाँक्रीको एकजना भान्जा हुन्छ । भान्जाले दिनभर झाँक्रीको सामान जतन साथ राखिदिन्छ । युवाहरु काँधमा सिस्नु बोकेर झाँक्रीको बीच बीचमा घुसेर नाँच्दै जात्रा हेर्नेहरुलाई सिस्नुले हान्छन् । त्यही दिनमा सिस्नुले हान्दा झगडा र गाली ग्लौज गर्न पाईदैन् । यसरि सिस्नुले हान्दा राक्सो तर्सिएर जाने जनविश्वास रहेको छ । शास्त्रीय विधी पूरा भएपछि पानीको मुहानमा नाँच्दैनाँच्दै गएर मुख्य झाँक्रीले राक्सो निकालेपछि सबै जना होहल्ला गरेर डौडिन्छन् ।

मुल झाँक्रीले राक्सो गाउँ छेउतिर लग्दै गर्दा अरु झाँक्रीहरु आ आफनो थरको घरमा गएर सबै परिवारलाई काम्दै जीउमाथी राखेर हल्ली दिन्छ । यसो गर्दा राक्सो डराएर भाग्ने गरेको कुरा बुदापाकाहरु बताउँछन् । सबै जनाको पालो पुगेपछि झाँक्री दौडेर दोबाटोमा पुगेर हातमा रहेको वीर (लठ्ठी० गाडेर भालेको बली दिन्छ । सबै गाउँलेहरु नास्ता एकएक बोतल रक्सी बोकेर दोबातोमा पु¥याईदिन्छन् । राक्सो लखेट्ने काम सम्पन्न भएपछि खुसियालीका साथ घुरघुर तिर फर्किन्छन् ।

घुरघरमा नुन विना पकाएको रायोको साग खाएपछि आ आफनो घरमा गएर एउटा एउटा भाले कातेर खानपिन गर्छन् । भोली पल्ट युवायुवतीहरु लुतो फाल्न दिनभर हिलो खेलेर रमाईलो गर्छन् । अघिल्लो दिनको झाँक्रीको भान्जाहरु झाँक्रीको पोसाक लगाएर दिनभर साली साईनो पर्नेहरुलाई जिउ माथी राखेर हल्लायर रमाईलो साथ होहल्ला गर्छन् ।

Leave a comment

Your email address will not be published.


*