24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

नाता, स्वार्थमा सीमित मत !

        राजेन्द्र विक्रम शाह   |   प्रकाशित मितिः बुधबार, कार्तिक १५, २०७४     9:25:17 PM  | 81 पटक पढिएको   |  

“प्यारी र कचाली हांस्छिन कलकल वग्छिन् भेरी, कुशे र चाखुरे अनी जूनी आउनु फेरी ”

“नाता, स्वार्थ र सीमित आग्रहका आधारमा मत दियौं धेरै पटक, सकारात्मक सुविचार सहितको क्षमता, समावेशी र दीगो विकास प्रतिको इमान्दारिता एवं न्याय, शान्ति, समृद्धि र सुशासनका पक्षमा सिर्जनशीलता, समर्पण र गतिका आधारमा मत दिउँ यस पटक” 

नेपालको राजनीतिक इतिहासमा विशिष्ट स्थान र नेपालको राज्य पुनर्संरचनामा करिव ३०० शहीदको रगतले गौरवमय गाथा बोकेको मात्र नभै विकासका प्रशस्त सम्भावना बोकेर पनि कमजोर मानवीय विकासको पहिचान रहेको जाजरकोट जिल्लाका विकासका निम्न मुख्य सवाल एवं विषयगत क्षेत्रमा प्रदेश सभा र प्रतिधि सभाको आगामी मंसीर १० मा हुने निर्वाचनका प्रत्यासीहरुले के कस्तो मार्गचित्र, प्रतिवद्धता र परिकल्पना ल्याउंछन्, मूल्यांकन गरेर मात्र मत दिने मन बनाउन हुन न्यायप्रेमी जाजरकोटवासीमा सादर आग्रह गर्दछु ।

 इतिहासको सम्मानजनक र न्यायपूर्ण अभिलेखन, ऐतिहासिक खलंगा दरबारमा जाजरकोट संग्रहालयका साथै ऐतिहासिक सांस्कृतिक र धार्मिक विशिष्टता बोकेका धरोहरको रुपमा रहेका स्थलको संरक्षण, सम्बद्र्धन, प्रसार र उन्नयन ।

 युवाहरुलाई देश, समाज र परिवार प्रति जवाफदेहिताको अभिवृद्धि, उनीहरुमा अन्तरनिहीत, शैक्षिक, व्यावसायिक, साहित्यिक, सांस्कृतिक श्रृजनशीलताको प्रस्फूटनमा सहयोग गर्नुका साथै युवा, क्षमतावान र इमान्दार व्यक्तिहरुको राजनीतिक दल तथा संगठनमा निर्णायक स्थानको अभिवृद्धि ।

 समन्यायिक, आर्थिक तथा सामाजिक रुपमा कमजोर, गरिव, वालवालिका, महिला, दलित, जनजाती, युवा, जेष्ठ नागरिक, लोपोन्मुख र अल्पसंख्यक, अपांगता भएका व्यक्ति, द्वन्दपीडित केन्द्रीत दीगो एवं समावेशी, संस्थागत तथा योजनावद्ध विकासका लागि वास्तविक स्थानीय सत्ताको रुपमा स्थानीय तहहरुको प्रतिष्पर्धात्मक संस्थागत सवलीकरण ।

 आर्थिक तथा सामाजिक आधार कमजोर भएका तर श्रम र शीप भएकाहरुको समृद्धिका लागि शिक्षा, प्रविधि र शीप दिनका साथै उद्योग, व्यवसाय प्रवद्र्धनका लागि सामुहिक र सरकारी जमानीमा वित्तिय सेवाको उपलब्धता ।

 आधारभूत सेवा प्रवाह र विकासमा दण्डहीनताको अन्त्य, शून्य सहनशीलताको विकास, पारदर्शिता, जवाफदेहीता सुनिश्चितता ।

 जलवायु परिवर्तन अनुकूलन क्षमताको वहुआयामिक विकास र समयानुकूल विपद जोखिम व्यवस्थापन ।

 जिल्लाको विकासमा गैह्र आवाशीय जाजरकोटीको समेत लगानी तथा योगदानको परिचालन, निर्यात जन्य आर्थिक विकास ।

 आयात, वैदेशिक रोजगारी र अनुदानमा मात्र अल्झेको अर्थतन्त्र सवल वनाउन उच्च मूल्य श्रृंखला र स्थानीय श्रम र प्रकृतिमा आधारित उद्यमका साथै न्यून उत्पादन र उत्पादकत्व रहेको कृषि क्षेत्रको दीगो, वैज्ञानिक र व्यावसायिक विकास ।

 भ्रष्टाचार विरुद्ध सर्वपक्षीय शून्य सहनशीनता, महंगी, दलाली र कमिशनतन्त्र अन्त्यको सुविचार तथा सुप्रयासको विकास ।

 जिल्लाको समृद्धि र रोजगार उन्मुख उच्च एवं अनुसन्धानमूलक नवीन प्राविधिक शिक्षामा पहुंच वृद्धि र सामुदायिक विद्यालय शिक्षामा प्रतिष्पर्धिता र सिकाई उपलव्धीका लागि बहुआयामिक गुणात्मक सुधार ।

 हाम्रो भविष्यका दृष्य र अदृष्य बाधक बाल बिवाह, वेरोजगारी, सामाजिक अस्लिलता, भ्रष्टाचारको अन्त्य ।

 वातावरणमैत्री दीगो र वैज्ञानिक भूमी व्यवस्थापन, समयानुकूल वस्ती विकास, जनमैत्री सुरक्षा र न्यायमा पहुंच प्रवद्र्धन ।

 लोपोन्मुख अवस्थामा रहेका स्थानीय कला, संस्कृति, मूल्य, मान्यता र विशिष्टताको संरक्षण र सम्बद्र्धन ।

 जलाशययुक्त नलसिंहगाड आयोजनाको सफल कार्यान्वयन तथा प्राकृतिक श्रोतमा दलालीको अन्त्य ।

 लोपोन्मुख रेडपाण्डा र सुनगिद्ध सहित जैविक सम्पत्तिको दीगो र संस्थागत संरक्षण सहित जैविक विविधता संरक्षण ।

 बहुमूल्य जडीबुटीहरुको खेती, दीगो व्यवस्थापन तथा संकलन, प्रशोधन र निकासी, बजार एवं संकलन केन्द्र ।

 बहुआयामिक र दीगो पर्यटन विकासका साथै जाजरकोट हुंदै चीन संग जोड्ने रणनीतिक भेरी कोरिडोर सडक कार्यान्वयन ।

 स्थानीय श्रोतमा आधारित नवीकरणनीय उर्जाको विकास र विस्तार गर्दै उच्च गतिमा विकासका योजना निर्माण गरी युवाहरुको व्यापक परिचालन ।

 अधिकार, छनौट र आवाजको गतिशिलताका लागि संचारकर्मी र गैह्र सरकारी समाजकर्मी सहित नागरिक संगठनका साथै सेवा तथा वस्तुका प्रसारक उपभोक्ता मैत्री उद्यमी व्यवसायी सवलीकरणको वातावरण निर्माण ।

“ आधारभूत मानव अधिकार, मानवीय गरिमा, पहिचान, जीवनका आधारहरुवाट बन्चित र उपेक्षितहरुका पक्षमा सहकार्य गरौं ।”

लेखकः नागरिक समाज जाजरकोटका अगुवा राजेन्द्र विक्रम शाह हुनुहुन्छ ।

Leave a comment

Your email address will not be published.


*