21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

पश्चिम नेपालका छोरी,चेलीको पेवा (फोटोफिचर)

          |   प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४     7:29:08 PM  | 143 पटक पढिएको   |  

पश्चिम नेपालका जाजरकोट, रुकुम, रोल्पा लगाएतका जिल्लाहरुमा आदिम काल देखि बसोबास गर्ने मगर समुदायका मानिसहरुको बेग्लै पहिचान छ । यी मगरहरुको बोलीभाषा, धर्म, संस्कार, संस्कृति अरु जातजाति र धर्म सम्प्रदायिकहरुको तुलनामा नितान्त भिन्नै हुन्छ ।

यहाँका मगरहरुको आफ्नै बोली भाषा खाम हुन्छ । यो सम्प्रदायले विभिन्न किसिमका धर्महरु मान्छन् । देवी, देवता, देउराली मान्ने देखि आकाश, पाताल, जल, वायु, भुतप्रेत आदिलाई पुज्ने मान्ने प्रचलन हुन्छ ।

तीमध्ये पश्चिम जाजरकोट, रुकुम रोल्पामा खामभाषी मगरहरुको संस्कार बेग्लै किसिमको छ । यहाँका छोरीचेलीले बिहे गरेर पहिलो बच्चा जन्मे पछि शुभ साइत जुराएर विशेष दिनमा मात्र चल सम्पति पेवा (दाइजो) दिने चलन छ ।

बिहे नगर्दै छोरीचेलीले आफै जम्मा गरेको र माइतीले दिएको यो अवसरमा आफ्नो गर लैजाने चलन रहेको छ । अघि-अघि झहान परिवार र पछि-पछि लावा लस्कर बोकेर जान्छन ।

घरमा पुगेपछि एउटा पाठो काटेर भात खुवाएर विधावारी गर्दछन् । यो अवसरमा भान्जाहरुले खुबै रमाइलो गर्ने गर्छन ।

शब्द/तस्वीरः मैत्या घर्ती मगर (पश्चिम रुकुम)

Leave a comment

Your email address will not be published.


*