25 November 2017|   शनिबार, मंसिर ९, २०७४

हेरौं, संसारका १० विवादास्पद फोटोः जसको बेग्लै कथा छ

          |   प्रकाशित मितिः शुक्रबार, कार्तिक ३, २०७४     10:51:30 AM  | 157 पटक पढिएको   |  

एजेन्सी – इन्टरनेटमा धेरै यस्ता तस्वीरहरू भेटिन्छन् जसलाई देखेर मानिसहरूको क्रूरता र लापरवाहीप्रति रिस उठेर आउँछ । यहाँ हामी निकै विवादास्पद भएका १० वटा फोटा देखाउँदैछौं ।

यो माथिको फोटो सन् २००३ मा खिचिएको हो । यसमा मृत्युदण्ड पाएको एक इराकी बन्दी देखिन्छन् । उनको टाउको कालो कपडाले ढाकिएको छ । उनीसामु चार वर्षको एक बच्चा आउँछ । तर उक्त व्यक्तिको हात बाँधिएका कारण ऊ केही गर्न सक्दैन । पछि उसको हात खोलेपछि उसले बच्चालाई अँगालो हाल्छ । केही समयपछि उसलाई मृत्युदण्ड दिइन्छ ।


माथिको फोटो सेप्टेम्बर ११ मा अमेरिकामा वर्ल्ड ट्रेड सेन्टरमाथि आक्रमण हुँदा खिचिएको हो । त्यतिखेर जर्मन फोटोग्राफरले खिचेको यो फोटो ६ वर्षसम्म सार्वजनिक भएको थिएन । आक्रमण भएको स्थानबाट अलिक पर बसेका मानिसको यो तस्वीर सन् २००६ मा प्रकाशित हुँदा निकै विवाद उठेको थियो । विपत्तिका बेलामा पनि गफ गरेर बस्छन् मानिस भनी आलोचना भएको थियो । तर फोटोमा देखिएका मानिसले आफ्नो प्रतिरक्षा गर्दै आफूहरूलाई थाहै नदिई फोटो खिचिएको अनि गलत तरिकाले देखाइएको बताए ।


सुनामीमा आफन्त मरेपछि रुँदै गरेकी महिला


सन् १९७२ मा अमेरिकाले भियतनाममा बम खसाउँदा भागिरहेकी नग्न बालिका । यो तस्वीरले पुलित्जर पुरस्कार जितेको थियो ।


सेप्टेम्बर ११ को आक्रमणमा वर्ल्ड ट्रेड सेन्टरबाट हाम्फालेर ज्यान गुमाएको व्यक्ति ।


सन् १९९३ मा सुडानमा अकालको भयानक वर्णन गर्ने चित्र । बालक कहिले मर्ला र खाउँला भनी गिद्ध कुरिरहेको छ । पछि यो फोटो खिच्ने व्यक्तिले आत्महत्या गरे ।


ओमार्या नामक यी किशोरी सन् १९८५ मा कोलम्बियामा ज्वालामुखी विस्फोटमा मारिइन् ।


घरमा आगो लागेपछि इमर्जेन्सी भ–याङबाट भाग्दै गर्दा चिप्लिएर लडेका बच्चा र सुसारे ।


कुनै कुराको विरोधमा अग्निदाह गरेका व्यक्ति ।


सिरियामा बालबालिकाले भोग्नुपरेको पीडा देखाउने तस्वीर ।

Leave a comment

Your email address will not be published.


*