21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

डिभी लोटरी प्राविधिक गडबडी भएको भन्दै रद्द

          |   प्रकाशित मितिः बुधबार, कार्तिक १, २०७४     4:13:02 PM  | 67 पटक पढिएको   |  

एजेन्सी – अमेरिकी डिभी लोटरी प्रणालीमा प्राविधिक गडबडी आएपछि सन् २०१९ का लागि अक्टोबर ३ देखि १० सम्म भरिएका डिभी लोटरीका आवेदनहरु रद्द गरिएको छ । प्राविधिक गडबडी आएपछि अमेरिकी सरकारले डिभी लोटरीका लागि नयाँ मिति तोकेको छ ।

अमेरिकी पूर्वीय समय अनुसार अब आज बुधबार अक्टोबर १८ को मध्यान्हबाट डिभी लोटरी भर्न सकिने छ । नोभेम्बर २२ सम्म डिभी लोटरी भर्न सकिने जनाइएको छ । अक्टोबर ३ देखि १० सम्म डिभी लोटरी भरेकाहरुको आवेदन वैधानिक नमानिने भएकाले उनीहरुले पुन डिभी लोटरी भर्न सक्ने जनाइएको छ ।

अक्टोबर १८ देखि नोभेम्बर २२ सम्म भरिएका डिभी लोटरीका आवेदनमात्र स्वीकृत गरिने भएकाले अक्टोबर ३ देखि १० सम्म आवेदन भरेकाहरुलाई कन्फर्मेशन नम्बर र अन्य कागजात मिल्काउन अमेरिकी सरकारले सुझाव दिएको छ ।

Leave a comment

Your email address will not be published.


*