25 November 2017|   शनिबार, मंसिर ९, २०७४

प्रसिद्ध पत्रकार कारुआना गालिजियाको कारमा बम विस्फोट गराएर हत्या

          |   प्रकाशित मितिः बुधबार, कार्तिक १, २०७४     9:07:33 AM  | 69 पटक पढिएको   |  

युरोपेली मुलुक माल्टामा भएको भ्रष्टाचार सम्बन्धी पानामा पेपर्स अनुसन्धानको नेतृत्व गरेकी प्रसिद्ध पत्रकार एवं ब्लगर डाफ्ने कारुआना गालिजियाको कार बम बिस्फोटनमा परी मृत्यु भएको माल्टा प्रहरीले जनाएको छ ।

माल्टाको मोस्टा सहर नजिकै रहेको बिडनिजा स्थित घरबाट निस्केको केही समयमा नै आफैले चलाईरहेको कार विस्फोट भएर ५३ वर्षे डाफ्ने कारुआना गालिजिया मारिएको बताईएको छ ।

घरबाट निस्कने बित्तिकै कारमा बम विस्फोट भएको उनको एउटा छोराले सुनेपछि उनी कुद्दै गएको स्थनीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Leave a comment

Your email address will not be published.


*