25 November 2017|   शनिबार, मंसिर ९, २०७४

चर्चित साहित्यकार बसन्त चौधरीको कविता

          |   प्रकाशित मितिः मङ्लबार, अशोज ३१, २०७४     6:13:35 PM  | 77 पटक पढिएको   |  

पानी

फलाम साह्रो छ,

सुगठित छ,

त्यसैले हो कि त्यसमा पानी छ ।

आगो राप हो,

राप नै हो प्रकाशको झोल ।

र त म भन्छु – आगोमा पानी छ ।

पानीमा आगो छ,

आगोमा पानी,

दुबैको सन्तुलनमा ब्रम्हाण्ड अडेको छ ।

पानी मात्र नरम हैन आगो पनि नरम हो नत्र कसरी फुल्नु फूल ?

फूल सुवासित मात्र हैन काँडाले घोचेर रोएको कहिल्यै देखेको छैन फूल ।

काँडा पनि यति मख्ख छ फूलसँग सायद ऊ ठान्दो हो आफूलाई फूलभन्दा फूल ।

जब लुप्त हुन्छ अहंकार काँडाको तिखोपनै प्रेमिल हुन्छ !

र त म भन्छु – फूलमा भन्दा पनि काँडामा धेरै धेरै पानी छ ।

देख्नुको मात्र फरक न हो तिमी जहाँ बलेको आगो देख्छौ म त्यहीं झरेको पानी देख्छु !

तिम्रो नजरमा जुन शतप्रतिशत सत्य हो मलाई किन नलागोस् त्यसैमा भरपूर पानी छ !

-बसन्त चौधरी चर्चित गीतकार एवं साहित्यकार हुन् ।

 

 

Leave a comment

Your email address will not be published.


*