24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

सल्यानको कुमाख मालिका गाउँपालिकाको एउटा वडाको ६५ हजार राजश्व संकलन

          |   प्रकाशित मितिः सोमवार, अशोज ३०, २०७४     2:36:02 PM  | 95 पटक पढिएको   |  

सल्यान – सल्यानको कुमाखमालिका गाउँपालिका वडा नम्बर -२ को राजश्व संकलन गरिएको छ । आलु आर्थिक वर्षको जेठ महिना देखि असोजसम्म उक्त गाउँपालिकाको वडा नम्बर -२ को झण्डै ६५ हजार आठसय ४५ रुपैयाँ राजश्व संकलन गरिएको हो ।

हिजो (आइतबार) कुमाख मालिका गाउँपालिका वडा नम्बर -२ को कार्यालयमा एक औपचारक कार्यक्रमको आयोजना गरी संकलित राजश्व सार्वजनिक गरिएको वडा अध्यक्ष शेररबहादुर रावतले जानकारी दिए ।

त्यस्तै अभिलेखिकृत व्यवसाय २४, नागरिक्ता सिफारिस ३२, नाताप्रमाणित ७, द्वन्दपीडित २८, विभिन्न प्रक्रियागत सिफारिस २९, जन्मदर्ता १००, विवाह दर्ता २३ र जन्म, मृत्यु, बसाइँसराइँ आदि गरेर जम्मा ६५ हजार आठसय ४५ रुपैयाँ राजश्व सङकलन गरिएको वडा कार्यालले जनाएको छ ।

सीमाङ्कन क्षेत्र भित्रको घर नम्बर दर्ता, बाल दिवसको अवसरमा क्षमता अभिबृद्धि र बालप्रतिभा पहिचान जस्ता जनचेतनामुलक कार्यक्रमहरुको पनि सञ्चालन गरिएको छ ।

कुमाख मालिका गाउँपालिका वडा नम्बर -२ लाई समृद्ध र समुन्नत वडा बनाउन राजनीतिक दल, नेता, कार्यकर्ता, कर्मचारी बुद्धिजीवि, स्थानीय बासिन्दा पत्रकार, सञ्चारकर्मीको अहम् भुमिका रहने भएको सबैले सहयोग, समर्थन गर्न वडा अध्यक्ष रावतले आग्रह समेत गरेका छन् ।

Leave a comment

Your email address will not be published.


*