18 October 2017|   बुधबार, कार्तिक १, २०७४

जाजरकोटमा म्यादी प्रहरीमा भर्ना खुलेकै दिन भुपु शिक्षक र ५० वर्षेको आवेदन

        नरेश राना   |   प्रकाशित मितिः शनिबार, अशोज २८, २०७४     12:42:24 AM  | 124 पटक पढिएको   |  

जाजरकोट – नेपाल सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालयले बुधबार एक सूचना गारी गर्दै म्यादी प्रहरी भर्ना आह्वान गरेको हो ।

म्यादी प्रहरीमा इच्छुक आवेदकहरुले बुधबारबाट दरखास्त दिन थालेका छन् । दरखास्त दिनेमा जिल्लाको भेरी नगरपालिका १ का कुमोद शाह (नाम परिवर्तन) गरेका एक आवेदक प्राविका भुपू शिक्षक रहेका हुन् । त्यस्तै अर्का भेरी नगरपालिका ४ का ५० वर्षीय दिलबहादुर भण्डारी (नाम परिवर्तन) ले पनि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जाएको छ ।

आवेदन खुल्ला गरेको तीन दिनमा महिला र पुरुष गरी झण्डैं तीन सय ६३ जनाले आवेदन दिएका छन् ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले म्यादी प्रहरीको दरखास्त दिन सक्नेछन् । भने, उम्मेदवार कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको हुनुपर्नेछ । उम्मेदवार नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको र शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त हुनुपर्नेछ । शैक्षिक योग्यताको हकमा भने साधारण लेखपढ भए मात्रै पुग्नेछ ।

म्यादी प्रहरीको छनौट कात्तिक ५ गतेदेखि ८ गतेसम्म गरिसक्ने जिल्ला प्रहरी कार्याल जाजरकोटले जनाएको छ । म्यादी प्रहरीले नेपाल

प्रहरीको जवान सरह ५५ दिनको पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउनेछन् । म्यादी प्रहरीका लागि दरखास्त मिति २०७४ असोज २५ गतेदेखि असोज ३० गतेसम्म रहेको छ ।

Leave a comment

Your email address will not be published.


*