20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

नेपाली सेनामा जागिर खाने धोको छ ? जाजरकोटमै खुल्यो ६३ पदपूर्तीका लागि विज्ञापन (सूचना सहित)

        नरेश राना   |   प्रकाशित मितिः शुक्रबार, अशोज २७, २०७४     10:54:21 PM  | 77 पटक पढिएको   |  

जाजरकोट – जाजरकोटमा नेपाली सेनाले विभिन्न पदिक तथा लोहाकर पदका लागि भर्ना खोलेको छ । त्यसबारे सेनाको कार्यरथी विभाग अन्तर्गतको भर्ना छनोट निर्देशनालयले आइतबार राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

सूचनामा सेनाको स्वीकृत दरबन्दी भित्र खुला तथा समावेशी पदपूर्तिका लागि ६० र लोहाकरका लागि खुल्ला एवं समावेशीमा ३ जना गरी जम्मा ६३ जना पदपूर्ति गरिने उल्लेख छ । सूचनामा उल्लेख गरे अनुसार आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्र सहित आफैं उपस्थित भएर दरखास्त पेश गर्न सक्नेछन् ।

दस्तखत दिने समय मिति २०७४ आसोज २२ गते देखि आगामी कात्तिक २० गतेसम्म तोकिएको छ । आवेदन दिनका लागि ज्वालादल गण मालिका व्यारेक सदरमुकाम खलंगामा पुग्नु पर्ने सूचनामा उल्लेख छ ।

Leave a comment

Your email address will not be published.


*