23 October 2017|   सोमवार, कार्तिक ६, २०७४

जाजरकोटका सिडियो र डिएसपीले भनेः आफ्नै नैतिकतामा आँच पुर्याए सिचाई डिभिजन प्रमुख तामाङले (अन्तरवार्ता)

          |   प्रकाशित मितिः शुक्रबार, अशोज २७, २०७४     9:19:03 PM  | 369 पटक पढिएको   |  

जाजरकोट – सिचाई डिभिजन कार्यालयको गाडी जिल्ला प्रशासन कार्यालय जाजरकोटले नियन्त्रणमा लिएको खबर विभिन्न पत्रपत्रिका, रेडियो र अनलाइनमा प्रकाशन भएपछि आज दिनभर सरकारी कार्यालयका कर्मचारीको टाउको दुःखाईको विषय बन्यो ।

हिजो (बिहीबार) जिल्ला सदरमुकाम खलंगाबाट छुटेको बा २ ज २५९८ नम्बरको गाडी जिल्ला प्रशासन कार्यालयले आज (शुक्रबार) नियन्त्रणमा लियो । सिचाई डिभिजन कार्यालय जाजरकोटका सिचाई डिभिजन प्रमुख थलबहादुर तामाङ जिल्लान्तर सरुवा भएर रामेछाप जाने क्रममा उक्त नम्बरको गाडी जिल्ला प्रशासन कार्यालयको पास (अनुमती) नलिएर हिडेका थिए ।

यो कुराको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बाँके प्रहरी चौकीलाई खबर गरेपछि गाडी बाँके प्रहरीले नियणन्त्रमा लिएको थियो । यसका साथै सरकारी कर्मचारीको मनपरी र गैरजिम्मेवारीपूर्ण व्यवहार देखि आजित भएका सेवाग्रीलाई प्रष्ट पार्न हामीले जाजरकोटका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही र प्रहरी प्रमुख एवं डिएसपी भावेश रिमाल संग यसरी कुरा गरेका छौं ।

प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीः

१. तपाई माथहतका कर्मचारीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि गाडी यसरी गैर जिम्मेवारीपूर्ण ढंगले चलाउँन पाउँछ ?

  • सरकारी नीयम अनुसार गाडी विदाको समयमा पनि अनुमति बेगर चलाउँन पाईदैन । चलाउँनै परे जिल्ला प्रशासन कार्यालय समक्ष पास (अनुमति) लिएर चलाउँन पाईन्छ । तर, तामाङ जीले उक्त कार्यालको अनुमती विना मनोमानी ढंगले गाडी चलाउनु भयो ।

२. यसरी हाकाहाकी हजुर समक्ष पास नलिएर एउटा कार्यालयको प्रमुखले गाडी हुँईक्याउँदा हजुरलाई कसले खबर गर्यो ?

  • सिचाई डिभिजन कार्यलयका निमित्त कार्यालय प्रमुख बीरबहादुर बिकले हामी कहाँ उजुरी गर्न आएपछि थाह भयो । त्यसपछि मैले बाँके प्रहरी चौकी समक्ष पत्र लेखेपछि गाडी त्यही रोकेका हौ ।

३. सरकारी कर्मचारी त्यो पनि उपसचिव सरहको एउटा कार्यालय प्रमुखले यस्तो कार्य गरे अरु कर्मचारीले के गर्लान ?

  • खै उहाँ जस्तो मान्छेले यत्तिसम्म गर्न सुहाउँदैनथ्यो । गर्नु भो आफ्नै नैतिकतामा आँच पुर्याउनु भयो । जानु भयो, बाँकी आफै बुझक्कड व्यक्ति ।

-प्रहरी प्रमुख एवं डिएसपी भावेश रिमाल 

१.तपाई सुरक्षा निकायको प्रहरी प्रमुख, तपाईकै निकायका प्रहरी र ट्राफिकहरुलाई नटेरी तामाङले यसरी गाडी हुक्याउँदा किन थाह भएन ?

  • वास्तवमा सरकारी कर्मचारी भनेपछि विश्वासको कुरा हुन्छ । सरकारी माथहतका कर्मचारीले यसरी नीयम विपरित गाडी चलाउँदैनन् । त्यो कुराको हामी सबै कर्मचारीले विश्वास गरेका हुन्छौं । तर, उहाँले गाडी लुकीचोरी गुडाए ट्राफिक नीयम उल्लखन गरे, उपसचिव सरहको व्यक्तिलाई हामीले के भन्नु ।

२.  जाजरकोटकोटबाट सरुवा हुने कर्मचारीले यस्तो गर्न थाले आउने कर्मचारीले के गर्लान् ?

  • यसबाट हामी सबैले पाठ सिक्यौ । आइन्दा कसैले यसो गर्नुहुँदैन, गर्न पाउदैन पनि ।

३. के हो त डिएससी साप कुनै सरकारी गाडीमा गोली भटिने ? कसैले मनमर्जी तरिकाले जहाँ मनपर्यो त्यही लिने ?

  • गोली भटिएको कुरा बेग्लै हो । तर तामाङले आफ्नो नैतिकता, लाज सरम भुल्नु हुँदैन्थ्यो । अबका दिनमा यसो हुन गए कानुन साँची रहने छ । शान्ति, सुरक्षामा मैले कमी हुन दिने छैन । धन्यवाद ! जय नेपाल ।

-प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही र प्रहरी प्रमुख एवं डिएसपी भावेश रिमाल संग पत्रकार नरेश रानाले लिएको अन्तरवार्ता ।

Leave a comment

Your email address will not be published.


*