20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

सिचाई डिभिजनको गाडी जिल्ला प्रशासनको कब्जामा

        नरेश राना   |   प्रकाशित मितिः शुक्रबार, अशोज २७, २०७४     12:28:11 PM  | 244 पटक पढिएको   |  

जाजरकोट – सिचाई डिभिजन कार्यालयको गाडी जिल्ला प्रशासन कार्यालय जाजरकोटले कब्जा गरेको छ । हिजो (बिहीबार) जिल्लाको सदरमुकाम खलंगाबाट छुटेको बा २ ज २५९८ नम्बरको गाडी जिल्ला प्रशासन कार्यालयले कब्जा गरेको हो ।

सिचाई डिभिजन कार्यालय जाजरकोटका सिचाई डिभिजन प्रमुख थलबहादुर तामाङ सरुवा भएर रामेछाप जाने क्रममा उक्त नम्बरको गाडी जिल्ला प्रशासन कार्यालयको पास (अनुमती) नलिएर हिडेका थिए ।

यो कुराको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बाँके प्रहरी चौकीलाई खबर गरेपछि गाडी कब्जा गरेको बाँके प्रहरीले जानएको छ । प्रहरी चेकपोष्ट मटेला, कुदु र छेडामा प्रहरीले तामाङलाई गाडी रोक्ने भनेपनि जबरजस्ती गुडाएका थिए ।

ट्राफिक एवं प्रहरी प्रशासनको नीयमलाई लत्याउँदै तामाङले गाडी गुडाएको छेडा स्थित अस्थायी ट्राफिक पोष्टका ट्राफिक लोकबहादुर खत्रीले बताए ।

तामाङ सिचाई डिभिजन कार्यालय जाजरकोटमा २०७२ साउनमा सरुवा भएर आएका थिए । उनको ३ वर्षे कार्यकाल जाजरकोटमा खासै सुखद रहेन । उनी आफ्नै कर्मचारी भित्रै विवादमा तानिन्थे । भने, जिल्लाको ईबर सिंचाईको विवादमा पनि मुछिएका थिए ।

Leave a comment

Your email address will not be published.


*