18 October 2017|   बुधबार, कार्तिक १, २०७४

पूर्व पर्यटनमन्त्री लोकेन्द्र बिष्ट मगरले माओवादी केन्द्र त्यागे

          |   प्रकाशित मितिः शुक्रबार, अशोज २७, २०७४     6:48:20 AM  | 108 पटक पढिएको   |  

माओवादी केन्द्रका सचिवालय सदस्य लोकेन्द्र विष्ट मगरले पार्टी परित्याग गरेका छन् । ‘पूर्व पर्यटनमन्त्री समेत भइसकेका मगर काभ्रेमा व्यबसायिक रुपमा कालो धानखेती समेत गरेर बसेका थिए । यस्तै त्‍यसअघि पनि पार्टीबाट राजनीमा दिइसकेका मगर पुनः पार्टीमा फर्किएका थिए ।

व्यावसायिक रुपमा कालो धान रोपेर राम्रै आम्दामी गरिरहेका बिष्टले यसलाई डलर कमाउने बाटो भनेका छन् । २०३७ सालमा विद्यार्थी राजनीतिबाट वाम राजनीतिमा साइत गर्नुभएका बिष्ट सबैभन्दा धेरै सयम जेलमा बिताउने माओवादीका केन्द्रीय नेतामा पर्छन् ।

पटकपटक गरी १० वर्ष जेलमा बिताएक बिष्ट शसस्त्र सङ्घर्ष थालनीको पूर्वसन्ध्यामा रुकुममा गणेश शाहको हत्या अभियोगमा जेल परेका थिए । पार्टी भित्र अभ्यास उपनामले चिनिने विष्टले रुकुमको मुरुमा रहेको घर जग्गा ९० हजारमा बेचेर पार्टीमा सर्वहाराकरणको अभियान थालेका थिए ।

Leave a comment

Your email address will not be published.


*