22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

जाजरकोटबाट वैदेशिक रोजगारीमा १२ सय

        नरेश राना   |   प्रकाशित मितिः बिहिबार, अशोज २६, २०७४     6:06:11 PM  | 124 पटक पढिएको   |  

जाजरकोट – जाजरकोटबाट कामका लागि वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या अनपेक्षितरुपमा बढेको छ । गत आर्थिक वर्ष २०७३ साउन देखि २०७४ असार मसान्तसम्म झण्डै १२ सय ९९ जना पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटको तथ्यांकमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७३/२०७४ मा मात्र जाजरकोटबाट कामका लागि वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या एक हजार ८४ जना पुगेको छ । भने, महिलाको संख्या एक सय ७१ जना पुगेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा नरेश पुनले जानकारी दिए ।

यो भन्दा पहिलेको आर्थिक वर्ष २०७२/०७३ मा वैदेशिक रोजगारीका लागि बाहिरीने महिला र पुरुषको संख्या ७ सय देखि ९ सयसम्म रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटको तथ्यांकमा उल्लेख छ ।

तर, २१ औँ शताब्दीको विज्ञान, प्रविधि र औद्योगिक युगमा जाजरकोट मात्र नभएर नेपालका प्रत्येक जिल्ला लगाएत विकासोन्मुख देशहरुको रोजाई नै वैदेशिक रोजगार रहेको भन्दा पनि बाध्यता भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए ।

जिल्लाका अधिकांश स्थानीय बासिन्दाहरु वर्षभरी काम गरेर तीन महिना खान नपुग्ने समस्याका कारण नागरिक्ता, राहदानी बोकेर वैदेशिक रोजगारीका लागि देश छोड्नुपर्ने तीतो अवस्था प्रति सबैले ध्यान दिनुपर्ने नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहले बताए ।

Leave a comment

Your email address will not be published.


*