21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

फुटबल खेल्ने क्रममा बेहोस भएका एक खेलाडीको मृत्यु

          |   प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४     7:40:50 PM  | 92 पटक पढिएको   |  

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकामा  स्थानीय क्लवले आयोजना गरेको फुटबल प्रतियोगितामा खेल्ने क्रममा  एक जना खेलाडी बेहोस भएका हुन् ।

चुरे जनजागृती युवा क्लवले आयोजना गरेको फुटबल प्रतियोगिता खेल्ने क्रममा बेहोस भएका ठाकुरबाबा नगरपालिका–३ वगनाहा निवासी १७ वर्षिय नरेश थारुको उपचारका लागि लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले बताए  ।

फुटबल प्रतियोगितामा खेल खेल्दाखेल्दै बेहोस भएका थारुलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी युवराज खड्काले बताएका हुन्  ।

Leave a comment

Your email address will not be published.


*