21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

जाजरकोटका सांसद रीता रावल संगको अन्तरंग कुराकानी

          |   प्रकाशित मितिः सोमवार, अशोज १६, २०७४     11:16:45 PM  | 337 पटक पढिएको   |  

रीता रावल झट्ट हेर्दा हसिली, रसिली, मिजाशिली र छुच्ची देखिन्छिन् । चिनजान नगरेका कतिपयले त उनको बोली, वचन र भाषण सुनेपछि छुच्ची नै होलिन् भन्ने ठान्छन् । तर, वास्तवमा रावल संग चिनजान, बोलिचाली हुँदै गयो भने साँच्चिकै नारीमा हुनुपर्ने कोमल ह्रृदय, शिष्ट भाषाशैली र शालिन स्वाभाव भने छदैंछ ।

रावल मध्यम घरपरिवारमा जन्मे हुर्केकी प्यारी कान्छी छोरी हुन् । विकट कर्णाली अञ्चलको जुम्ला जिल्लामा बुवा रवीलाल महत र आमा कृष्णकला महतको कोखबाट जन्मेका पाँच भाइबहिनी मध्ये रावल प्यारी कान्छी छोरी हुन् ।

उबेला (२०३२ साल तिर) बुवा रवीलाल महत जुम्ला जिल्लाका स्थानीय विकास अधिकारी थिए । आमा भने गृहिनी थिईन् । उनै स्थानीय विकास अधिकारी महत २०३५ सालमा जागिरबाट पनि पेन्सन पकाई सकेपछि क्षेत्रिय सदस्यसम्म बनेका थिए ।

स्थानीय किकास अधिकारी एवं क्षेत्रिय सदस्य महतका छोराहरु कोही साविकका गाविस अध्यक्षसम्म बनेका छन् । यसरी रावलको माईती घरको पारिवारीक पृष्भूमीलाई फर्केर हेर्दा फराकिलो राजनीतिक पृष्ठभूमी नै देखिन्छ । किनकी बुवा क्षेत्रिय सदस्य हुनुले र दाजु गाविस अध्यक्ष हुनुले यही कुरा प्रतिबिम्बित गर्छ ।

उक्त राजनीतिक पृष्ठभूमीमा हुर्केकी रीता रावलको बिहे जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका ५ लहँमा भयो । लहँमा बिहेवारी गरेपनि बिहे गरेको घरपरिवार पनि राजनीतिक छायाबाट टाढा छदै छैन । घरपरिवारमा पनि रावलका जेठाजु (श्रीमानका जेठा दाइ) अहिले जाजरकोट जिल्लाका जिल्ला समन्वय समितिको प्रमुख पदमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका छन्, मनबहादुर रावल । जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलकी बुहारी (भाइ ओम रावलकी श्रीमति) हन् रीता रावल । रीता रावल नेकपा एमालेका समानुपातिक सांसद हुन् ।

सांसद रावलका श्रीमान ओम ओमबहादुर रावल पेशाले इन्जीनियर हुन् । रावलका एक छोरी र दई छारा छन् ।  उनै सांसद रीता रावल संग हिन्दुहरुको महानपर्व दशैं विशेष गरिएको अन्तरंग कुराकानीः

-पत्रकार नरेश राना सांसद रीता रावलको घरमै पुगेर अन्तरंग कुराकानी गदै गर्दा

  • आज भोली केमा व्यस्त हुनुहुन्छ ?

दशैं, तिहार लगाएतका चाडवर्प, मेलामहोत्सवमा नेता तथा कार्यकर्ता, ग्रामिण स्तरका जनताहरु संग शुभकामना आदान–प्रदान, जनभेटघाटमा व्यस्त छु ।

  • तपाईले दशैं कसरी मनाउँदैं हुनुहुन्छ ?

मुसुक्क हाँस्दै…जसरी सर्वसाधारणहरुले मनाउँछन् त्यसरी नै टीका, जमरा लगाएर मनाउँछु ।

  • सांसद बनेपछि त अलि फरकै शैलीमा मनाउँनु हुन्छ होला नी !

हैन, सांसद भनेका पनि छुट्टै केही होईनन्, उनै सर्वसाधारण जनताले चुनेर पठाएका प्रतिनिधि त हुन् । सर्वसाधारणले छुट्टै मनाउने मैले छुट्टै मनाउने कुरा भएन क्यारे !

  • तपाई दशैंमा कस्ता–कस्ता परिकार पकाउनु हुन्छ र खानु हुन्छ ?

हुन त दशैं, तिहार जस्ता महत्वपूर्ण चाडवाडहरु त्यही पनि घुमिफिरी वर्षमा एकपल्ट आउँने, आएको बेला मीठो, मसिनो खाने, राम्रो लगाउने भन्ने भावना सबैको हुन्छ । तर म मा भने त्यस्तो छैन । सेल, रोटी, मासु, भात पकाउँछु, खान्छु । घरपरिवार छोरा, छोरीज्वाई, नानातिनालाई पनि त्यही दिन्छु, खान्छन् र रमाउँछन् ।

  • दशैं, तिहार एवं चाडवाडका बेला लाउने कुरामा कत्तिको शौखिन राख्नुहुन्छ ?

मज्जाले रमाउँदैं हाँसी हाँसी….पत्रकारले पनि किन यस्ता कोइसन सोध्नु पर्या हो । अँ…लगाउँने कुरामा अलिअलि शौखिन त छु नै । किनकी सांसद भईसकेपछि देश, विदेश घुमफिर गर्नुपर्ने, मन्त्रालयमा जनताको कामका लागि पुग्नु पर्ने आदि, इत्यादी कामले पनि ठिकठिकै लगाउ भन्दा राम्रै भईजादो रहेछ । त्यसैमा पनि म राम्रै कुलघरानाकी छोरी, बुहारी भएकीले सानैमा कम लाउनु, खानु भएन । जे होस् राम्रै लगाउँछु ।

  • तपाई खानेमा शौखिनकी, लगाउनेमा भन्दिनुहोस् त नढाटी ?   

भन्नै पर्दैन पत्रकार ज्यू ! हे..हे लाउनेमा । खानेमा त विहान भात खान्छु । बेलका रोटी, तरकारी, अचार खान्छु, बस् ।

  • दशैंको बेला मात्र नभएर अरु बेला पनि सांसदको घरमा त टन्नै पाहुनाहरु आउँछन् होला ? कसरी व्यवस्था गर्नुहुन्छ ?

खुसी हुँदै….पाहुना जतिबेला पनि टन्नै आउँछन् । म त पाहुनालाई अतिथि देवों भवः (पाहुनालाई देवता सम्मान) ठान्छु । पाहुना आउँछन्, मेरो चुह्लोमा जे परिकार पाक्छ त्यही खुवाएर पठाउँछु ।

  • दशैंमा माईती घर जान्नुहुन्न् ?

भावुक हुँदै, जान त जान्छु कहिले काही । छोरा, छोरी जान्छन् । मेरा छोरी एउटी छिन्, छोरा दुईटा छन् । उनीहरु नै आलोपालो गरेर जान्छन् । मामाघर भनेपनि छोराछोरी हुरुक्कै हुन्छन् । म कहिले कसो एक, दुई साल विराएर जान्छु ।

  • सांसद बनेपछि जानुभयो माईतीमा ? 

ल…..किन नजानु, जान्छु नी ! धेरै पटक गएर आईसके । सांसद बनेपछि माईतीमा गको माईती पनि खुसी छन् ।

  • दशैं कस्तो होस् भन्ने चहानु हुन्छ सांसद ज्यू ?

कसैको देखासिकी नगरी आफ्नो पौरख, पसिनाले र नशिवले जे दिन्छ त्यसरी मनाउनु पर्छ ।

  • कुरा घुमिफिरी आईहाल्छ सांसद ज्यू ! जाजरकोटी जनताले तपाई फेरी के बनेको देख्न चहान्छन् ? एकपट आँकलन गनुहोस् त ?

मम्भीर प्रश्न गर्नुभयो । मलाई लाग्छ, म तपाईकै छोरी, बुहारी भएकोले फेरी मलाई यहाँहरुको प्रगाढ माया, ममता, साथ, समर्थन चाहिएको छ । यहाँले दिएको यो माया, ममता, साथ र समर्थन मैले सदनमा लिएर दुरुपयोग गर्ने छैन । सदुपयोगका साथ यहाँहरुले दिएको माया, ममता, साथ र समर्थन तपाईलाई नै फिर्ता गर्नेछु ।

  • जादाजादै अन्त्यमा मैले सोध्न भुलेको तपाईले भन्न छुटाएको केही कुरा भए भन्नुहोस् ?

अन्त्यमा नेपालीहरुको महान चाडपर्व बडादशैं, तिहार, छट, उधौंली, उभौंली पर्वको सबैमा मेरो शुभकामना । धन्यवाद ! नमस्कार ।

-जाजरकोटका समानुपातिक सभासद रीता रावल संग पत्रकार नरेश रानाले गरेका अन्तरंग कुराकानी ।

Leave a comment

Your email address will not be published.


*