25 November 2017|   शनिबार, मंसिर ९, २०७४

जाजरकोटका जनप्रतिनिधि र पत्रकारले दशैं यसरी मनाए (फोटो फिचर)

        नरेश राना   |   प्रकाशित मितिः आइतवार, अशोज १५, २०७४     2:11:55 PM  | 302 पटक पढिएको   |  

जाजरकोट – हिन्दुहरुको महान पर्व विजया दशमिको पहिलो दिन जाजरकोटका जनप्रतिनिधि र पत्रकाहरुले आफ्ना मान्यजन र घरपरिवारबाट टीका, जमरा लगाएर आशिष थापेका छन् । हेर्नुहोस केही तस्विरहरुः

  • चन्द्रप्रकाश घर्तीः

चन्द्रप्रकाश घर्ती (सीपी) भेरी नगरपालिकाका नगरप्रमुख हुन् । उनले घरमा आफ्ना आमाबाको हातबाट टीका, जमरा लगाएर आशिष थापेका छन् ।

  • महेन्द्र शाह

शाह बारेकोट गाउँपालिकाका अध्यक्ष हुन् । उनले बारेकोट आफ्नै घरमा मान्यजनको हातबाट टीका, जमरा लगाएर आशिष थापे । उनको घरपरिवार संगको सामुहिक तस्विरः

  • भीमबहादुर सिंहः

सिंह नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका अध्यक्ष हुन् । उनले आफ्ना घरपरिवार संग टीका, जमरा लगाएर दशैं मनाए । सिंह कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकाका उपसम्पादक हुन् । उनको घरपरिवार संगको सामुहिक तस्विरः

  • दिनेश श्रेष्ठः

श्रेष्ठ प्रेस चौतारी नेपाल, जाजरकोट शाखाका अध्यक्ष हुन् । उनी एभन्युज टेलिभिजनमा कार्यरत छन् । श्रेष्ठले आफ्ना घरपरिवार संग यसरी दशैं मनाए । उनको घरपरिवार संगको सामुहिक तस्विरः

  • जनक केसीः

केसी नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका पूर्व अध्यक्ष एवं प्रेस युनियन नेपाल, जाजरकोटका अध्यक्ष हुन् । उनी नागरिक दैनिकमा कार्यरत छन् । केसी आफ्नी आमाको हातबाट टीका जमरा र आशिष थाप्दै गर्दाको तस्विरः

पत्रकार केसीको घरपरिवार संगको तस्विरः

  • हेमन्त केसीः

केसी नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका सचिव हुन् । उनीले आफ्नो घरमा मान्यजन र घरपरिवारबाट टीका जमरा लगाएर आशिष थापे । केसी प्रेस सेन्टर नेपाल, जाजरकोट शाखाका अध्यक्ष हुन् । उनी रासस, नयाँ पत्रिकामा कार्यरत छन् ।

  • सुरेन्द्र सिंहः

सिंह रेडियो जाजरकोट एफ.एम. १०५.६ मेगाहर्जका स्टेसन म्यानेजर हुन् । उनी पर्यटन पत्रकार संघ जाजरकोट शाखाका अध्यक्ष पनि हुन् । सिंह यसपालिका काम विशेषले घर जान नपाए पनि सदरमुकाम खलंगामै आफ्ना परिवार संग टीका, जमरा लगाएर दशैं मनाए । सिंह कान्तिपुर टेलिभिजनमा कार्यरत छन् । उनको घरपरिवार संगको सामुहिक तस्विरः

  • रामकुमार शाही (क्षितिज समर्पण)

शाही नेपाल एफ.एम. नेटवर्क काठमाण्डौंमा कार्यरत छन् । उनी यसपालि गृहजिल्ला जाजरकोट आउन पाएनन् । र, रेडियोमा दशैं मनाएका छन् । उनी प्रेस चौतारी नेपाल, जाजरकोट शाखाका उपाध्यक्ष हुन् । शाहीले रेडियोमा यसरी मनाए दशैंः

शब्द/तस्विरः नरेश राना

Leave a comment

Your email address will not be published.


*