24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

नेपालको पहिलो आइडल बुद्ध लामाले यो पनि खुलासा गरेः म दोहोरी साँझमा ५५ सय तलब खाएर काम गर्थे

          |   प्रकाशित मितिः बुधबार, अशोज ११, २०७४     10:02:34 AM  | 82 पटक पढिएको   |  

पहिलो नेपाल आइडल बुद्ध लामाले पुरस्कार स्वरुप २० लाख नगद रुपैंया, १५ लाख बराबरको एल्बम कन्ट्र्याक्ट र महिन्द्रा केयूभी कार प्राप्त गरे । उनले नेपाल आइडलले जिन्दगी फेरिदिएको बताए । भने,६ महिनामा मेरो जिन्दगी कायापलट भयो।

काठमाडौंमा आयोजित एक प्रेस सम्मेनलमा उनले नेपाल आइडल र आफूलाई भोट गर्ने सम्पूर्णलाई धन्यवाद दिए । उनले भावुक हुँदै आफ्ने अवस्थाबारे बताएका हुन् । २० वर्षीय बुद्धले नेपाल आइडलमा सहभागिता जनाउनु अघि दोहोरी साँझमा काम गरेको समेत खुलासा गरे ।

भने, घरको आर्थिक अवस्था निकै कमजोर छ । काम गर्नुपर्छ भन्ने भएको थियो । दोहोरी साँझमा गाउँदा ५५ सय तलव दिन्थ्यो । त्यो पनि ठूलो लाग्थ्यो । बुद्ध घरका कान्छो छोरा हुन् । करातेको ब्लयाक बेल्ट समेत पाइसकेका उनी करियर भने संगीतमै बनाउन चाहेको बताउँछन् ।

भने, दोहोरी साँझमा गायन नै सांगीतिक क्षेत्रमा सक्रिय रहने बाटो जस्तो लागेको थियो । तर अवसर नै नभएर त्यस्तो लागेको रहेछ । अब आफ्ना लागि अवसर बढेको र अवसर सँगै जिम्मेवारी र चुनौतीलाई पनि ध्यानमा राख्ने बताए ।

बुद्ध लामा नेपाल आइडलको पनि कान्छा प्रतियोगी हुन् । पोखराको बुद्ध लामाले आफू संगीतमा धेरै मिहेनत गरेर निकै अगाडी बढ्ने र आफूलाई जिताउने कसैलाई निराश नबनाउने बताए ।

Leave a comment

Your email address will not be published.


*