21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

सांसद रिता रावलद्धारा दुर्गम गाउँमा फुटबल खेलको उद्घाटन

        डिल्ली थापा   |   प्रकाशित मितिः आइतवार, अशोज १, २०७४     8:37:01 PM  | 193 पटक पढिएको   |  

जाजरकोट – जाजरकोटको दुर्गम गाउँपालिका कुशें गाउँपालिका ५ मालुमेला मैदानमा फुटबल खेलको उद्घाटन गरिएको छ । भदौं ३१ गते शनिबारका एक औपचारिक कार्यक्रमको आयोजना गरि उक्त खेलको उद्घाटन गरिएको हो ।

फुटबल खेल सांसद रिता रावल, कुशें गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, अपाध्यक्ष रामछायाँ शाही र जिल्ला खेलकुद समतिका अध्यक्ष नरबहादुर बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका थिए । यो खेलको संयुक्त आयोजना प्रगतिशिल युवा सांस्कृतिक संरक्षण मञ्च दम्दाला र सिर्जनशिल युवा क्लव ढिमेले गरेका हुन् । खेल मैदानमा नौ वटा टिम प्रतिस्पर्धामा उत्रिएका छन् ।

यो खेल भदौं ३१ गते देखि सुरु भई असोज ३ गते समापन गरिने जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ ।

Leave a comment

Your email address will not be published.


*