25 November 2017|   शनिबार, मंसिर ९, २०७४

गजल

          |   प्रकाशित मितिः बुधबार, भदौ २८, २०७४     7:48:40 PM  | 100 पटक पढिएको   |  

गजल

१.

जब मेरो बास भट्टिकै आसपास बनी दियो ।
साहारा त्यही दिन देखि गिलास बनी दियो ।

फुल चुडिए पछि धर्ती बिछ्यौना बनी रह्यो,
डस्न पनि हरेक रातमा आकास बनी दियो ।

यस्तो बनि दियो मेरो, जिन्दगी एकै पलमा,
बास्साले मिचिरहने रानी तास बनी दियो ।

बारबार सोधिरहनु पर्दैन मेरो अबस्थाबारे,
नसा लिई बर्बराउने बानी खास बनी दियो ।

हेर्नुहोस उ पराई भए देखि समर्पणलाई,
हर समय बोतलको पानी गाँस बनी दियो ।

२.
युवाहरुबाट लंगडो सरकारलाई आशा भएन ।
बरु खाडी पठाउन सरकारलाई खतरा भएन ।

हातमा पासपोर्ट थमाई दिएर भन्छ सरकार,
डिग्री पास गरेको सर्टीफिकेटको भाग्य रेखा भएन ।

रेमिटेन्स भित्रिन्छ अरबौ महिनै पिच्छे यसरी,
भन्दैछ सरकार अझै खाडिलाई युवा भएन ।

प्रगती कहाँबाट होस नेता नै भिखारी भएसी,
देशमा रोजगार बनाउने कहिल्यै नेता भएन ।

न्यायिको लागि पीडित अदालतमा धाईरह्यो,
महिनौ भै सक्यो अदालतबाट फैसला भएन ।

-प्रकाश शाही समर्पण
जाजरकोट
हाल – सुर्खेत

Leave a comment

Your email address will not be published.


*