21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

सांसद देखि गाविस अध्यक्ष सहित सात हजार माओवादी केन्द्रमा प्रवेश

          |   प्रकाशित मितिः बुधबार, भदौ २८, २०७४     10:04:31 AM  | 690 पटक पढिएको   |  

पूर्वसांसद एवं राजपाका स्थापित नेता शिबपुजन यादवको नेतृत्वमा राजपाका तीन केन्द्रीय सदस्य र १४ जना पूर्व गाविस अध्यक्ष सहित सात हजार दुई सय नेता तथा कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सर्लाहीको बजिरा नगरपालिकामा आयोजित कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । कार्यक्रममा नेता यादव, राजपाका केन्द्रीय सदस्यहरु रामबाबू दास, रामएकवाल राय, राजपा जिल्ला उपाध्यक्ष महेन्द्र प्रसाद यादव, क्षेत्रीय सभापतिहरु अनिलकुमार सिंह, अनितादेवी यादव, विश्वमोहन सिंह लगायतका नेताहरुको नेतृत्वमा चुनावको मुखैमा सो संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकर, नेताहरु मातृका यादव, रामेश्वर राय यादवले माओवादी केन्द्रमा स्वागत गरेका गरेका प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले कुनै समुदाय विशेषको अहङ्कारलाई राष्ट्रवाद मान्न नसकिने बताए । भने, ‘ हामी पहाड र मधेशका नाममा गरिएको नश्लवाद र पृथकतावाद मान्दैनौं । हामी हिमाल, पहाड र मधेश मिलेको, सबैको समान अधिकार भएको देश र प्रगतिशील राष्ट्रवाद स्थापित गर्न चाहन्छौं ।’

Leave a comment

Your email address will not be published.


*