21 September 2017|   बिहिबार, अशोज ५, २०७४

विपद् ब्यवस्थापनका लागि जनशक्ति तयार

          |   प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४     9:34:52 PM  | 76 पटक पढिएको   |  

जाजरकोट – समुदाय विकास कार्यक्रम जाजरकोटले साविकका तीन ओटा गाउँ विकास समितिमा विपद् ब्यवस्थापनका लागि जनशक्ति तयार पार्न थालेको छ । विपद् न्युनिकरणका लागि पुर्व तयारी स्वरुप एक सय आठ जना समुदायका युवायुवतिलाई आवश्यक ज्ञान दिईएको हो ।

साविकका रोकायगाँउ, नायकवाडा र कार्कीगाउँमा सिडिपीले विपद् ब्यवस्थापन कार्यक्रम लागु गरेको छ । प्रत्येक गाविसमा चार ओटाका दरले समुदायमा आधारित विपद ब्यवस्थापन समिति गठन गरिएको छ । ती समिति अन्र्तगत प्राथमिक उपचार, खोज तथा उद्धार र पुर्व सुचना प्रणाली गरी तीन ओटा कार्यदलमा विभाजन गरेर काम गरिरहेको विपद् जोखिम न्युनिकरण अधिकृत प्रकाश देउजाले बताए ।

कार्यक्रम अन्र्तगत प्राथमिक उपचारमा प्रति गाविस १२ जनाका दरले ३६ जना, खोज तथा उद्धार तालिम ३६ जना र पुर्व सुचना प्रणाली तालिम ३६ गरी एक सय ८ जनालाई तालिम प्रदान गरिएको देउजाले बताए ।

मंगलवार सदरमुकाममा आयोजना गरिएको पुर्वसुचना प्रणाली तालिमको समापन कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले विपद् ब्यवस्थापनमा पहिलो उद्धारकर्ता समुदायकै मानिस हुने भएकोले गाउँ गाउँमा दक्ष जनशक्ति तयार पारि जोखिम न्यनिकरणमा कार्यक्रमले सहयोग गरेको बताए ।

विप्द ब्यवस्थापनमा सुचनाको ठूलो महत्व हुने भएकोले गाउँ घरमा हुने प्रकोप र विपदका सूचनाहरु स्थानीय प्रशासन तथा सरोकारवाला निकायलाई समयमै प्रदान गरेर सहयोग गर्न आग्रह गरे । नेपाल रेडक्रस सोसाईटी जाजरकोटको प्राविधिक सहयोगमा भएको पुर्व सूचना प्रणाली तालिममा १८ जनाको सहभागिता रहेको थियो ।

रेडक्रसका हरिगोपाल चौलागाईले सहजीकरण गरेको तालिमको समापनमा समुदाय सहयोग कार्यक्रमका जिल्ला संयोजक काशीराम कार्कीले तालिमका सिकेका कुरा साँचिकै रुपमा विपद आईलागे प्रयोग गर्न आग्रह गरे । उनले भने ‘विपद आईनपरोस हामी त्यही कामना गरौ यदि आईहाल्यो भने जोखिम न्युनिकरणमा यहाँहरुको भुमिका महत्वपुर्ण हुनेछ ।

Leave a comment

Your email address will not be published.


*