24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

अन्जु पन्तको पहिलो साँझ

          |   प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४     12:48:07 PM  | 85 पटक पढिएको   |  

गायिका अन्जु पन्त पहिलो पल्ट एकल साँझमा प्रस्तुत हुन लागेकी छन् । अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जु एकल गायनमा प्रस्तुत हुन लागेकी हुन् ।

अन्जु नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आउँदो शनिबार आफ्ना जीवनकालका चर्चित आधा दर्जन गीत सुनाउने तयारीमा छिन् । २७ वाद्यवादकको टोलीका साथ अन्जु अहिले राष्ट्रिय नाचघरको प्रांगणमा अभ्यासमा व्यसत छिन्। उनी एकल साँझमा लागि निकै उत्शाहित छिन् ।

एकल साँझमा उनले पछिल्लो समय चलेका ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, ‘जिन्दगी यो फुलै फुलको थुंगो हुँदैन’ लगायतकम गीत गाउने तयारी गरिरहेकी छिन् ।

उनले एकल साँझबाट उठेको पैसा परोपकारी काममा खर्चिने घोषणा गरेकी छिन्। उनको एकल साँझ यही भदौ २४ गते हुँदैछ ।

Leave a comment

Your email address will not be published.


*