21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

निजामति सर्वोत्कृष्ट कर्मचारी भेटिएनन्, यी हुन् यस वर्षका उत्कृष्ट कर्मचारी

          |   प्रकाशित मितिः बिहिबार, भदौ २२, २०७४     8:40:25 AM  | 142 पटक पढिएको   |  

चौधौँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गरेको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेका अनुसार उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई यस वर्ष निजामती सेवा पुरस्कार दिइने छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्न गरिने छ । दुई लाख राशि भएको यस वर्षको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ भने कसैलाई पनि नदिइने उनले बताए ।

सर्वोत्कृष्टका लागि नाम आए पनि उपयुक्त नठानिएकाले नदिइएको उनको भनाइ छ । मन्त्रिपरिषद् बैठकले सोमबार गरेको निर्णय अनुसार आज मन्त्रालयले नाम सार्वजनिक गरेको हो ।

रु एक लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा सहसचिव दीपक सुवेदी, सहसचिव डिल्लीराज घिमिरे, सहसचिव केवलप्रसाद भण्डारी, उपसचिव प्रेमलाल लामिछाने, महालेखा परीक्षकको कार्यालयका निर्देशक इन्द्रप्रसाद आचार्य, उपसचिव जीवनप्रसाद सेढाईं, उपसचिव जगन्नाथ बराल, उपसचिव लक्ष्मीदत्त कलौनी, उपरजिस्ट्रार प्रल्हादकुमार योगी र सहायक प्रमुख जिल्ला अधिकारी सोलुखुम्बुका अनिल खनाल छन् । पुरस्कृत हुनेहरुलाई अनुकूल समयमा पुरस्कार प्रदान गरिने छ ।

मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो । समितिको सिफारिसको आधारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरस्कार पाउने कर्मचारीको निर्णय गरेको हो ।

आज (बिहीबार) ‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शीता र चुस्तता’ भन्ने मूल नाराका साथ निजामती सेवा दिवस मनाइँदै छ ।


-महत्वपूर्ण समाचार, सूचना, सन्देश, विज्ञापन भए हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।
ekhabarnews@gmail.com, 9848195279
साथै थप समाचारका लागि www.ekhabaronline.com

Leave a comment

Your email address will not be published.


*