21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

सिजनल फ्लू र यसबाट बच्ने उपाय

        डाक्टर भुपेन्द्र मल्ल   |   प्रकाशित मितिः शुक्रबार, भदौ १६, २०७४     3:45:01 PM  | 213 पटक पढिएको   |  

सिजनल ईन्फ्लुन्जा (फ्लु) र जाजरकाेट जाजरकाेटकाे पुर्वी भागमा भाईरल ज्वराेले धेरै जना प्रभावित भईराखेका छन् भनेर स्थानीय शिक्षक र नेताहरुलाई चनाैती दिँदै अनलाईन पत्रपत्रिकाहरुमा दिनानु दिन खबरहरु अाईराखेका छन् । यसबारे सत्यतथ्य बुझ्न र प्रभावित व्यक्तिहरुकाे उपचार गर्न भनेर जिल्ला जनस्वास्थ्य कार्यलय जाजरकाेटले एक टाेलि प्रभावित क्षेत्रमा पठाई सकेकाे छ । छापाहरुमा अाएका समाचार केलाउँदा र प्रभावित भनिएका क्षेत्रका स्थानीय बासिन्दाकाे कुरा सुन्दा प्रभावित व्यक्तिहरुमा ज्वराे अाउने, रुघाखाेकि लाग्ने, नाकबाट पातलाे पानी बग्ने, घाँटि दुख्ने, टाउकाे दुख्ने जस्ता लक्षणहरु देखा परेका छन् ।

यी लक्षणहरु र वातावरणलाई विश्लेषण गर्दा यी सिजनल ईन्फ्लुन्जा (फ्लु) का लक्षणहरु हुन् भन्न सकिन्छ । CDC (centre for disease control and prevention) का अनुसार यसकाे प्रकाेप विशेष गरि वर्षात् र चिसाे माैसममा बढि हन्छ । बोलिचालिकाे भाषामा र सहजताका लागि यसलाई भाईरल ज्वराे पनि भन्ने गरिन्छ । के हाे त सिजनलफ्लु ? यस वारे विस्तृत रुपमा जानकारि दिँदैछाैँ ।

१. परिचय: याे Influenza नामक भाईरसहरुले मानिसकाे स्वासप्रश्वास नलिमा सङ्क्रमण गरेपश्चात् देखिने एकप्रकारकाे सरुवा राेग हाे ।

२. लक्षणहरु: ज्वराे अाउनु, नाकवाट पातलाे पानि वग्नु, खाेकि लाग्नु, घाँटि दुख्नु, टाउकाे भारिहुनु दुख्नु, थकान महसुस हुनु, शरीर दुख्नु ।

३. सर्ने माध्यम: सङ्क्रमित व्यक्तिले खाेक्दा, हाच्छिउँ गर्दा वरिपरिकाे वातावरणमा (हावामा) निस्कले Droplets ले नजिक रहेका व्यक्तिहरुमा हावाका माध्यमबाट सर्छ । यसै गरि सङ्क्रमित व्यक्तिकाे नाकमुखबाट निस्कने तरल पदार्थलाई छुँदा पनि सर्न सक्छ । लक्षणहरु देखा परेकाे एकदिन अगाडि देखि लक्षणहरु देखा परेकाे ६/७ दिन सम्ममा सङ्क्रमितले असङ्क्रमितलाई सार्न सक्ने जाेखिम रहन्छ ।

४. जाेखिममा रहेका व्यक्तिहरु: कुनै पनि स्वस्थ मानिस यसकाे जाेखिममा हुन सक्छ तर यसकाे उच्च जाेखिममा वालवालिका, नवजात शिशु, बृद्धबृद्धा, गर्भवति महिलाहरु र अन्य कुनै राेगले गर्दा राेग सँग लड्न सक्ने क्षमतामा ह्रास अाएका व्यक्तिहरु हुन्छन् ।

५. बच्ने उपायहरु: प्रभावित क्षेत्रमा बढि भिडभाड नगर्ने र नजाने, मास्ककाे प्रयाेग गर्ने, हाच्छिउँ गर्दा र खाेक्दा रुमालले वा कुहिनाले मुख छाेप्ने, सम्भव भएमा ईन्फ्लुन्जा विरुद्दकाे भ्याक्सिन लिने, हाम्राे जस्ताे परिवेशमा याे अलिक खर्चिलाे र पहुँच याेग्य छैन ।

६. उपचार पद्धती: सङ्क्रमित व्यक्तिले प्रशस्त मात्रामा झाेलिलाे पदार्थ खाने, अाराम गर्ने, उमालेकाे पानी पिउने, नुनपानिले मुख गार्गल गर्ने । सिम्प्टाेम्याटिक ट्रिटमेन्ट जस्तै ज्वराे कम गर्न सिटामाेल दिने, खाेकि र नाकबाट पानि बग्ने, कम गर्न Antihistamine दिने । याे भाईरल ईलनेस भएकाले याे पद्दति मार्फत विरामिलाई निकाे पारिन्छ तर, याे राेगलाई छिटाे निर्मुल पार्न र हुन सक्ने जटिलताहरु कम गर्न Antiviral अाैषधिकाे जरुरत पर्दछ । जुन हाम्राे जस्ताे परिवेशमा याे अलि कम नै प्रयाेग गरिन्छ । यदि याे भाईरल सङ्क्रमणमा व्याक्टेरियाले सेकेन्डी अाक्रमण गरेमा Antibacterial Agent प्रयाेग गर्नुपर्दछ ।

अन्तत: जाजरकाेट जिल्लाका विकट वस्तिहरुमा विविध वाध्यता र परिस्थितिले गर्दा घरहरुमा poor ventillation, एउटै काेठा धेरै जनाले सेयर गर्नुपर्ने अवस्था, वर्षातकाे समयमा पिउने पानी स्वच्छ नहुनु, सरसफाई मा कमि हुनु जस्ता कारणहरुले गर्दा यदि कसैमा सङ्क्रमण भएमा त्यसले अरुमा सार्ने सक्ने जाेखिम अत्यन्तै धेरै भएकाले एक पटक प्रकाेपकै रुप लिएकाे (दुईवर्ष अघि स्वाईन फ्लु) र हरेक वर्ष प्रकाेपकै रुप लिन सक्ने डर रहन्छ ।

यसकाे तत्काल समाधान गर्न माथि उल्लेखित बच्ने उपाय र उपचार पद्दति त गरिएला तर हरेक वर्ष देखिनेे डरकाे दीर्घकालिन समाधानका लागि छलफल र वहस हुन जरुरी छ । अाम जाजरकाेटीहरु (राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि) बीचमा कारणहरुकाे निर्मुलिकरणका निम्ति अन्त्यमा प्रभावित क्षेत्रका व्यक्तिहरुले माथि उल्लेखित जानकारीहरु अाफुले अवलम्वन गरि र अरुलाई सिकाएर प्रकाेपकाे रुपलिनबाट बचाउन अाग्रह गर्दछु साथै नजिकैकाे स्वास्थ्य सँस्थामा गएर उपचार ,सल्लाह र सुझाव लिन विनम्र अनुराेध छ । धन्यवाद !

 

 

-लेखकः जिल्ला अस्पताल जाजरकोटमा कार्यरत छन् ।

 

Leave a comment

Your email address will not be published.


*