25 November 2017|   शनिबार, मंसिर ९, २०७४

गजल

          |   प्रकाशित मितिः आइतवार, भदौ ११, २०७४     9:50:40 PM  | 320 पटक पढिएको   |  

गजल

काल्पनिक जीवन रेखा मेरो मेटि दिएछौ ।
जन्मेको छैटौ दिनमा मलाई रेटि दिएछौ ।

म दुख सुख को संग आज बिसाएर बसौ,
उति खेरै मेरो भागको फल चपेटी दिएछौ ।

विचरा भगवान बाँस गर्थ्यो होला जीवनमा,
भाविको प्रतिफल नआउदै लखेटी दिएछौ ।

अब अजम्बरी माया आडम्बरी धन खोज्न,
कहाँ जानू दैव मैले सबै तिम्ले घसेटी दिएछौ ।

दिनौ दिन तड्पिएर बसाउने मात्र तिम्ले,
अविस्वसनिय प्रेमको एउटा खेती दिएछौ ।

गजलकारः डिल्ली चन्द ठकुरी
स्थायी ठेगानाः कुशें गाउँपालिका ५ जाजरकोट
हालः भवन डिभिजन कार्यालय, गोरखा
पदः इञ्जिनियर

Leave a comment

Your email address will not be published.


*