21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

गंग विवशका केही गजलहरु

          |   प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४     11:38:24 AM  | 241 पटक पढिएको   |  

गजल

१.
घरी घरी सतार्इरहने तिम्रो वानी राम्रो ।
मेरो घरमा आईरहने तिम्रो वानी राम्रो ।

चिसो रातमा मकै बारी कुराएर मलाई,
आउँछु भनी पखाईरहने तिम्रो वानी राम्रो ।

बल्ल तल्ल भेट हुँदा अंगालोमा बेरिएर,
छाती माथी सजार्इरहने तिम्रो वानी राम्रो ।

फेसबुक अनि भाइबरबाट नानाथरी फोटो पठाई,
मलाई पागल बनाइरहने तिम्रो वानी राम्रो ।

दिनको भोक र रातीको निद्रा कुनै प्रवाह नगरी,
फेसबुक मात्र चलाईरहने तिम्रो वानी राम्रो

२.
जती शत्रुहरु छन् सबै हाँस्नुपर्छ मेरो प्रगतीको लागि ।
तिमी अजम्बरी बनी बाँच्नुपर्छ मेरो प्रगतीको लागि ।

तिमीले सोचे जस्तै मान्छे बनाउन चाहन्छ्यौ भने मलार्इ,
परेपछि सात समुद्र पनि तर्नुपर्छ मेरो प्रगतीको लागि ।

धेरै बाँच्नुपर्छ भन्ने जान्दा जान्दै पनि तिमीलाई मैले,
बाध्यतामा मर भने पनी मर्नुपर्छ मेरो प्रगतीको लागि ।

अरुको भन्दा मीठो खाने, राम्रो लाउने तिम्रा चाहनाहरु,
हाँसी हाँसी बलिदानी गर्नुपर्छ मेरो प्रगतीको लागि ।

म मुर्ख हुँ या विद्धान हुँ म आफैलाई नै थाहा छैन,
शत्रुहरुको घरमा र्इश्वरको बास हुनुपर्छ मेरो प्रगतीको लागि ।

गजलकारः गंग विवश आर.सी.
ठेगानाः छेडागाड नगरपालिका -१२ कार्कीगाउँ जाजरकोट
हालः जिल्ला समन्वय समिति, जाजरकोट
पदः कार्यक्रम अधिकृत
सम्बद्धः शिलशिला कला केन्द्र जाजरकोट ।
गजलकार गंगविवश आर.सी. गीतकार एवं संगीतकार पनि हुन् । उनले झण्डै दर्जन बढी लोकदोहोरी तथा आधुनिक गीतमा शब्द, संगीत र आवाज भरिसकेका छन् ।

 

Leave a comment

Your email address will not be published.


*