21 September 2017|   बिहिबार, अशोज ५, २०७४

नेपाल आइडलको गाला राउण्ड टप फोरबाट सुजाताको गायन यात्रा टुंगियो

          |   प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४     12:32:57 AM  | 73 पटक पढिएको   |  

प्रतिष्ठाको पहिलाले आवाज, नेपाल आइडलको गायन सम्बन्धी रियालिटी टिभी शो नेपाल आइडलमा टप फोरबाट बुटवलकी सुजाता पाण्डे गायन यात्रा टुगिंएको छ ।सुजाताको गायन यात्रा टुगिंए संगै पहिलो नेपाल आइडल पुरुष बन्ने पक्कापक्की भएको हो ।

बुटवलकी २१ वर्षीया सुजाताले बिहीबार प्रसारित कार्यक्रममा पर्फमर अफ दि डेको उपाधि सँगै गिटार उपहार पाएकी थिइन् । तर यो उपाधिले उनलाई दर्शकको मतमा सुरक्षित बनाउन भने सकेन । दर्शकको कम भोट आएको भन्दै उनी बाहिरिएको घोषणा गरियो । बटम थ्रीमा भने यसपालि पहिलो पटक बुद्ध लामा पनि परेका थिए । डेन्जर जोनमा सुजाता सँगै प्रताप दास पनि परेका थिए ।

बाबाकी प्यारी छोरीको उपमा पाएकी सुजातालाई जजहरुले पटक पटक अघिल्ला कार्यक्रमहरुमा पटक पटक प्ले ब्याक सिङ्गिङका लागि उपयुक्त स्वर भन्दै प्रशंसा गरेकका थिए ।

सुजाता बाहिरिए सँगै अब नेपाल आइडलमा बुद्ध लामा, निशान भट्टराई, सागर आले र प्रताप दास बाँकी रहेका छन् । अर्को हप्ता थप एक जना प्रतिस्पर्धी बाहिरिएपछि टप थ्री बीच ग्रान्ड फिनाले हुनेछ र पहिलो नेपाल आइडलको उपाधि तीन मध्ये एकले पाउने छन् ।

Leave a comment

Your email address will not be published.


*