21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

बंगलादेशलाई नेपालले धुलो चटायो

          |   प्रकाशित मितिः शुक्रबार, भदौ ९, २०७४     6:47:51 PM  | 109 पटक पढिएको   |  

बंगलादेशलाई पराजित गर्दै नेपाल पहिलो संस्करणको साफ अन्डर १५ च्याम्पियनसिपको फाईनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपालले बंगलादेशलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो । खेलको पाँचौ मिनेटमा नेपाललाई अग्रता दिलाएका आकाश बुढा मगरले ३० औ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाएका थिए ।

६४ औ मिनेटमा बंगलादेशले एक आत्मघाती गोलको उपहार दिएको थियो । ३(० ले पछि परेको स्थितिमा बंगलादेशले एक मिनेटभित्र लगातार दुई गोल गरेपछि नेपाली किशोर केही दवावमा आएका थिए । नेपालको कमजोर डिफेन्सको फाईदा उठाउदै बंगलादेशका फोएसलले २ गोल गरेपछि खेल ३(२ को स्थितिमा आएको थियो ।

आक्रामक खेलको इन्जुरी समयको अन्तिम मिनेटमा नेपालले थप गोल गरेपछि फाईनल यात्रा सुनिश्चित गर्‍यो । नेपालले उपाधिका लागि भारतसंग आइतवार प्रतिस्पर्धा गर्नेछ । आजै भएको अर्को खेलमा भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै भारतले फाईनलमा स्थान बनाएको हो ।

Leave a comment

Your email address will not be published.


*