21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

तीज गीतमा झुमे त्रिभुवन माविका शिक्षक,विद्यार्थी

          |   प्रकाशित मितिः बुधबार, भदौ ७, २०७४     8:43:35 PM  | 126 पटक पढिएको   |  

जाजरकोट – नेपाली हिन्दु महिलाहरुको महानपर्व हरितालिका तीजका अवसरमा जाजरकोटको सवैभन्दा पुरानो र ठुलो विद्यालय त्रिभुवन मावि खलंगामा बुधबार विशेष कार्यक्रम गरिएको छ ।

तीजका अवसरमा विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा शिक्षक र विद्यार्थीहरु विद्यालय पोषाकमै छमछमी नाचेका छन् । कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा तीजका अवसरमा शुभकामना आदान प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा विद्यालयका शिक्षक विद्यार्थीहरु तीज गीतका विभिन्न भाकाहरुमा धित मारेर नाँचेका हुन् ।

खलंगाको थाप्लेचौर स्थित विद्यालयको प्रांगणमा सन्चालित कार्यक्रममा सन्देशमुक तीज गीतहरु गाउदै शिक्षक एवं छात्राहरुले तीजमा भएका विकृतिहरु हटाउँदै नेपाली पहिचान संग सम्बन्धित मौलिक सँस्कारहरु जोगाउनु पर्नेमा जोड दिएका छन् ।

हामी आफैले भित्रयाएका विकृति हामीले नै हटाउनु पर्छ, कक्षा १२ की सुनीता शर्माले आफनो गजल मार्फत भनिन । तिजका नाममा लैगिंक शोषण हुने गरेको भन्दै उनले यसका लागि सचेत वर्ग जागरुक हुनुपर्ने बताइन् । कार्यक्रममा तृप्ती पुन, धनसरा पुन, करुणा रावत, सुनीता शर्मा र सुशिला खड्का लगाएतका छात्राहरु र शिक्षकहरु गणेशबहादुर अधिकारी र अमरबहादुर रोकायले विभिन्न चेतनामुलक तीज गीत र अन्य कलाहरु प्रस्तुत गरेका थिए ।

उनीहरुले गाएका गीतहरुमा कार्यक्रममा उपस्थित दुई सय बढी विद्यार्थीहरु र शिक्षकहरु एक्लै, जोडी र समुहमा नाचेर झुमेका थिए । बजारमा चलेका गीतहरु र आफैले रचना गरेका गीतहरुमा उनीहरुले नाँचगान गर्दा विद्यालयको वातावरण निकै रमाइलो बनेको थियो । कार्यक्रममा प्रधानाध्यापक हेरम्बबहादुर शाह, सहायक प्रधानाध्यापक प्रवेश आर.सी. शिक्षकहरु सुबोध गौतम र अमरबहादुर रोकाय लगाएतले तीज गीतका विभिन्न भाकाहरुमा धित मर्ने गरि नाचेका थिए । विद्यालयका विद्यार्थीहरुका बीचमा आपसी सदभाव र मेलमिलाप कायम गर्न र आफ्नो मौलिक संस्कृतिको जगेर्नामा उनीहरुको सक्रियता र जागरुकता बढाउन कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक हेरम्बबहादुर शाहले बताए । उनले कार्यक्रमले विद्यार्थीहरुमा आफ्नो परम्परा र सस्कृतिको जगेर्ना गर्नका लागि हौसला मिलेको बताए ।

प्रत्येक वर्ष तीजका अवसरमा आफुहरुले विद्यालयमा कार्यक्रम आयोजना गर्ने गरेको उनले बताए । तीजका नाममा धेरै विकृतिहरु हाम्रो समसाजमा भित्रिदै गएको भन्दै राम्रा कुराको अनुसरण गर्ने र नराम्रा कुरा छोड्दै जान जरुरी रहेको सहभागी विद्यार्थी र शिक्षकहरुको जोड थियो । विद्यालयले आयोजना गरेको तीज विशेष कार्यक्रमका अवसरमा विद्यार्थीहरुलाई दरको रुपमा खीरको व्यवस्था गरिएको थियो । स्वस्फुर्त रुपमा विद्यार्थीहरु नाचगानमा सहभागी भएपछि विद्यालयको माहोल निकै रमाइलो बनेको थियो । उनीहरुको नाचगान हेर्न विद्यालय वरीपरीका स्थानीयहरु पनि आएका थिए ।

-स्रोतः नागरिक न्युज

Leave a comment

Your email address will not be published.


*