25 November 2017|   शनिबार, मंसिर ९, २०७४

हेलो ! सरकार म जाजरकोट बोल्दैछु (कविता)

          |   प्रकाशित मितिः मङ्लबार, भदौ ६, २०७४     8:40:29 PM  | 394 पटक पढिएको   |  

हेलो ! सरकार म जाजरकोट बोल्दैछु

उहिले !
हो उहीले
जहीले तँ
पत्थरहरु कोमलता बिहिन भए झै
मटु बिहिन थिइस ।

र लिप्त थिस्
सिंहदरबार, शितल निवास
बालुवाटार र बानेश्वरमा
चवाउदै देशका मांसपेशी र हाडकरङहरु ।

तँले पत्तो पाइनस् तर
म पखालाले अकालमा मर्दै थिए ।

हो सरकार,
म त्यही जाजरकोट बोल्दैछु ।

मेरो निम्ति अौषधी लिन गएका
मेरा बा खै किन हो फर्कदै फर्केनन्
सुने उनी सानी भेरी तिरमा फुलेर निला भएका थिए रे !

मेरो निम्ति जाउलो बनाउने नसकेर मेरी आमाले एउटा बलियो पासो बनाईन्
र आफुलाई लास बनाइन् ।

मलाई बचाउन माइत आएकी मेरी दिदीले
त्यसपश्चात न आफ्नो घरको चुलो बाल्न पाईन पाईन
म माइतिको घर न्यानो पार्न ।

हेलो सरकार
म त्यही कम्जोर जाजरकोट बोल्देछु
कुनै बेला देश बनाउछु भनेर
जहाँ लुकेर बन्दुक चलाथिस राजधाजिका तिखा आँखाहरुमा
हो त्यो मेरै छाति थियो
जसलाई तेरै बेवास्ताले संक्रमित बनाएको थियो
कुनै बेला जब भोकले तँ छ्ट्पटाई रहेको थस्
न्यानो भात र गुन्दुक बनाएर खुवाउने
त्यो मेरै अंगेना थियो
र तङ्गीएर तँ राजधानी छिरेका थिस्
म त्यही हरेक स्थानहरु हुँ
जसलाई तेरो पराई व्यवहारले शिथिल बिमार बनाएको थियो
(मेरा आफ्नाहरु विमार हुँदा
तैले एक पटक फर्केर हेरिास्
तब उ झोलामा सिटामोल बोकेर आएको थियो ।

(म मेरा सैयो आफ्नहरु गुमाएर रोइरहेका बेला
तँ सभाकक्षमा आफ्नै नया तस्विर हेरेर मुस्कुराई रहेको थिस्
तब उ मुटुमा समवेदना लिएर आएको थियो र चुमेको थियो मेरा नयनहरु ।

म बगरमा आफ्नाहरुको लाश एक्लेै पुरीरहदा
तँ रात्रीभोजमा रेड बाइन सँगै सिमानाहरु चवाउदै थिस्
तब उ हत्केलामा बेल्चा लिएर आएको थियो र मदत गरेथ्यो पुर्न मेरा बेदनाहरु ।

उसले हरेक पटक आफू भुलेर अरुलाई बचाएको थियो।
तर त ?
आज वर्षौ पछि पनि सुन्दै छु
तँ अझै बहिरो छस् रे
देख्दैनस् पैसा बाहेक अरु
महसुस गर्नै सक्दैनस् कसैको पीडा
बोल्दैछस् विदेशीहरुको लवज
तँ अझै बेचिरहेछस् सिमानाहरु नदीहरु
आज वर्षौ पछि पनि
उ आफुलाई होमेर मृत्युकुण्डमा लागिपरेको छ बिरामी देश बचाउन
र तँ भयभित भएर सत्य सँग लागिरहेछस् अब उसलाई निभाउन
जो आभा हो हाम्रो राम्रो हुने सम्भावनाको ।

हेलो ! सरकार ?
म आक्रोशित जाजरकोट बोल्दैछु
म आउदै छु राजधानी आँखामा उर्लदो भेरी समेटी
जस्लाई खनाएर पुन रुपान्तर गर्न सकु खाल्टोलाई पोखरीमा ।

म आउदैछु खुट्टमा पुर्खाको पदचाप दलेर तेरो अहममा
ब्राह्मणले देवले बलि राजाको टाउकोमा टेक जसरी टेक्न ।

म आउदै छु गोजीमा बगरका ढुङ्गा भरेर सिंहदरबार ,शितल निवासका विलासी आँखाहरु फुटाउन ।

म आउदै छु एक हातमा बाँस काट्दै गरेको खुर्पा
अर्को हातमा दाउरा चिर्दै गरेको बन्चरो बोकेर,
टेवल मुनि सलबलाउने तेरा
हातहरु छिनाउन
देश बेचेर पाराधिन भै झुक्ने तेरो गर्धन छुट्याउन ।

हेलो सरकार म जाजरकोट
म आउदै छु राजधानी

कवि – रसिक राज

नेपालगञ्ज बाँके

 

Leave a comment

Your email address will not be published.


*