21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

नगरप्रमुख घर्तीद्धारा खेलकुद सामाग्री वितरण

        नरेश राना   |   प्रकाशित मितिः शनिबार, भदौ ३, २०७४     8:13:17 PM  | 210 पटक पढिएको   |  

जाजरकोट – जाजरकोटको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले खेलकुदका सामाग्री वितरण गरेका छन् । शनिबार उक्त नगरपालिकाको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बीच नगरप्रमुख घर्तीले खेलकुदका सामाग्री वितरण गरेका हुन् ।

वितरण गरिएका सामाग्री मध्ये तेकान्दो खेलका सामाग्री नगरप्रमुख घर्तीले तेकान्दो संघ जाजरकोटका अध्यक्ष रमेश केसी, कराते खेलका सामाग्री कराते खेल जाजरकोटका कोचर अमृत मल्ल, व्याटम्यान्टन खेलका सामाग्री व्याटम्यान्टन खेलका राष्ट्रिय खेलाडी जनक भडेललाई हस्ताणतरण गरेका थिए । बाँकी क्रिकेट र भलिबल खेलका सामाग्रीहरु पछि वितरण गरिने भेरी नगरपालिकाले बताएको छ ।

भेरी नगरपालिकाको समग्र खेलकुदको विकासका लागि गत आर्थिक वर्ष २०७३/७४ मा छुट्याईएको एक लाख ५० हजार रकम बराबारको खेलकुदका सामाग्रीहरु खरिद गरेर वितरण गरिएको उक्त नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले बताए ।

त्यसैगरी उक्त कार्यक्रमा बोल्दै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भेरी नगरपालिकाको समग्र खेलकुद जगतको स्वर्णिम भविष्यका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् । नगरप्रमुख घर्ती कराते खेलको एसिन रेफ्री भएकोले पनि खेल प्रति आफ्नो उच्च सम्मान रहेको बताउँछन् । खेलले मान्छेलाई अनुशासित र आत्माविश्वास जगाउँने कुरामा कुनै दुबिधा नरहेको दाबी गर्छन् । हरेक नागरिक स्वास्थ भए देश स्वस्थ हुने बताए । नागरिक स्वस्थ हुन खेलकुद, शारीरिक व्यायम गर्नुपर्ने नगरप्रमुख घर्ती बताउँछन् ।

Leave a comment

Your email address will not be published.


*