21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

आवरुद्ध भएको विद्युत एक महिनापछि सञ्चालनमा

        डिल्लीबहादुर खत्री   |   प्रकाशित मितिः आइतवार, साउन ८, २०७४     6:53:53 PM  | 348 पटक पढिएको   |  

चौरजहारी, रुकुम – रुकुमको चौरजहारी नगरपालिका वडा नं. ७ मा रहेको लाब्रुखोला लघु जलविद्युत आयोजना एक महिनापछि सञ्चालनमा आएको छ उक्त जलविद्युत आयोजनाको कुलो निर्माणको लागि भन्दै अवरुद्ध गरिएको बिद्युत कुलो निर्माण सकिए सँगै सञ्चालनमा आएको हो ।

रुकुम उज्यालो कार्यक्रम अन्तरगत साविकको कोटजहारी गाबिसलाई पुर्‍याउने गरि ८५ किलोवाट विद्यत निर्माण गरिएको थियोे । २०७१ सालदेखि विद्युत बाल्न सुरु गरेको थियो । विगतमा पोल तथा तार छुदा विभिन्न घटना घटेकाले अब पोल तथा तार नछुना लाब्रुखोला लघु जलविद्युत आयोजनाका म्यानेजर भिमा थापाले आग्रह गरेका छन् ।

उनका अनुसार अहिलेको चौरजहारी नपा ७, ८, ९ र ६ को केही भागमा विद्युत वितरण गरिएको लाब्रुखोला लघु जलविद्युत आयोजनाले जनाएको छ ।

Leave a comment

Your email address will not be published.


*