25 November 2017|   शनिबार, मंसिर ९, २०७४

अब बैदेशिक रोजगारीका लागि भिसा आवेदन मोबाइल एपबाटै

          |   प्रकाशित मितिः सोमवार, असार १९, २०७४     7:32:57 PM  | 154 पटक पढिएको   |  

काठमाण्डौं – अध्यागमन विभागले सोमबारबाट भिसाका लागि मोबाइलबाटै आवेदन दिने गरी मोबाइल एप सार्वजनिक भएको छ । सोमबार ‘नेपाल इमिग्रेशन’ नामको एप सार्वजनिक गरिएको हो ।

एपमा अध्यागमनसँग सम्वन्धित सबै जानकारी राखिएको विभागले जनाएको छ । विभागका अनुसार सेवाग्राहीले इमिग्रेसन एपकै प्रयोग गरेर अनलाइनमार्फत भिसा प्राप्ती र ट्रेकिङ अनुमतिका लागि दरखास्त दिन सक्नेछन् ।

त्यस्तै विदेशमा समस्यामा परेका नेपालीहरुको सहजताका लागि २९ ओटा विदेशस्थित नेपाली नियोगको ठेगाना एपमा राखिएको छ । विभागले अनलाइनकै माध्यमबाट सेवाग्राहीको गुनासो सुन्न सक्ने ब्यवस्था मिलाएको छ ।

गृहमन्त्री जनर्दन शर्माले ‘नेपाल इमिग्रेशन’ एप एउटा साधन भएको उल्लेख गर्दै त्यसलाई सही ढंगले प्रयोग गर्नुपर्ने बताए ।

Leave a comment

Your email address will not be published.


*