25 November 2017|   शनिबार, मंसिर ९, २०७४

९ कर्मचारी विरुद्ध ६१ करोडको भ्रष्टाचार, भ्रष्टाचार विरुद्ध मुद्दा दायर

          |   प्रकाशित मितिः सोमवार, असार ५, २०७४     8:21:41 AM  | 187 पटक पढिएको   |  

काठमाण्डौं – अख्तियारले ६१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय सवारी कोसी इटहरीका नौ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

कार्यालयका उपसचिवहरू रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाल, लेखा अधिकृत कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र लेखापालहरू सुरेश अधिकारी, रुद्रप्रसाद दाहाल र देवराज नेपालविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । पछिल्ला तीन आर्थिक वर्षमा ६१ करोड २१ लाख अनियमितता गरेको अख्तियारले जनाएको छ ।

Leave a comment

Your email address will not be published.


*